बालविवाहविरुद्ध कञ्चन मिस



हेटौंडा, (नेस)। मकवानपुरको भीमफेदी गाउँपालिकाले सचेतनामूलक वृत्तचित्र निर्माण गरेको छ।

भीमफेदी गाइजका निर्देशक निर्मल लामाको निर्देशन तथा पवन सुस्लिङको छायांकनमा बनेको कञ्चन मिसमा स्थानीय कलाकारलगायत अन्य कलाकार छन्। वृत्तचित्र भीमफेदीको सबै वडामा प्रदर्शन गरिनेछ। यसलाई सामाजिक सञ्जाल युट्युबको भीमफेदी गाइजमा पनि हेर्न सकिने उनले बताए।

युवा सशक्तीकरण कार्य अन्तर्गत सामाजिक सञ्जालको खराब असरबाट बच्न तथा बालविवाहविरुद्ध वृत्तचित्र निर्माण गरिएको हो।

प्रतिक्रिया दिनुहोस्