नृत्यकार संघमा वसन्तको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति



नेपाल नृत्यकार संघको शनिबार सम्पन्न दोस्रो महाधिवेशनबाट नृत्य निर्देशक वसन्त श्रेष्ठ सर्वसम्मतरूपमा अक्ष्यक्ष निर्वाचित भएका छन्। राजधानीमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष दिनेश पाख्रिनले श्रेष्ठलाई पदभार हस्तान्तरण गरे।

२ वर्षे कार्यकालका लागि सर्वसम्मतरूपमा नवनिर्वाचित गोविन्द प्रभात वरिष्ठ उपाध्यक्ष, जनक कार्की प्रथम उपाध्यक्ष, दीपक श्रेष्ठ द्वितीय उपाध्यक्ष, महेन्द्र गोदार महासचिव, दिपेन्द्र तिमल्सिना सचिव, लिलाधर भट्टराई सहसचिव, गोपाल अधिकारी कोषाध्यक्ष, नारायण रिजाल सहकोषाध्यक्ष चुनिएका छन्। त्यसैगरी सदस्यमा भीम विक, सोम तामाङ, नवराज रिजाल, गम्भीर विष्ट, दीपक तामाङ, देवराज सापकोटा, अजय स्याङ्तान, सुरेन्द्र बस्नेत, हरि अधिकारी, दीक्षा पाख्रिन, अनिता रुम्बा र तुलसा पहाडी निर्वाचित भएका छन्। महाधिवेशनले संघको विधान संसोधन गरी वरिष्ठ उपाध्यक्ष र सहसचिव तथा सदस्यहरूको संख्या थप गरी २३ जनाको कार्यसमिति बनाएको छ। जसमा २ सदस्य मनोनित हुन बाँकी छन्।

ख्यातिप्राप्त हास्यअभिनेता मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता तथा नेपाल चलचित्र संघका उपाध्यक्ष मधुसूदन प्रधान, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाको आतिथ्यतामा सम्पन्न महाधिवेशनमा फिल्मकर्मी लक्ष्मीनाथ शर्मा प्रमुख निर्वाचन अधिकृत थिए।
कार्यक्रमका प्रमुख अतिथि मदनकृष्णले निर्वाचित पदाधिकारीलाई शुभकामना दिँदै फिल्म क्षेत्रका अन्य विधा र नृत्यकार संघ एकआपसमा मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए। त्यसैगरी नवनिर्वाचित अध्यक्ष वसन्त श्रेष्ठले संघको लागि केही नयाँ काम गर्ने बताए। हामीजस्ता पहिलेका र अहिलेका नयाँ पुस्ताका नृत्य निर्देशकलाई यो संस्थाले एकै ठाउँमा समेटेर राखेको छ। संघको लागि केही गर्ने मन छु -उनले भने। त्यसैगरी निर्वतमान अध्यक्ष दिनेश पाख्रिनले नृत्यकर्मीको हक र हितका लागि सधैं सिपाही भएर लड्ने बताए।

प्रतिक्रिया दिनुहोस्