सलमान जेल जाँदा नायिका सोफिया हयात खुसी


एजेन्सी । कालो हरिण शिकार गरेको विषयमा सलमान खानले सजायँ पाएपछि उनका प्रशंसक र फिल्मी क्षेत्रसँग जोडिएका उनका साथीहरु दुःखी र चकित छन् । यता एक नायिका र बिग बसकी पूर्व प्रतिस्पर्धी सोफिया हयातले सलमान खानले सजायँ पाएपछि खुसी व्यक्त गरेकी छिन्।

सोफियाले इन्टाग्राममा नायिकाको एक तस्बिर सेयर गरेकी छिन् । जसमा guilty लेखिएको छ । साथै बिइंग ह्यूमनबाट बिइंग काटेर ‘नो मोर ह्यूमन’ लेखेकी छिन् । यसका साथै नायिकाले एक लामो पोष्ट सेयर गरेकी छिन् ।

फोटोमा लेखिन्, ‘अन्त्यमा तपाईंले कर्मको फल पाउनुहुन्छ । धेरै मानिसहरु सलमानविरुद्ध बोल्न डराउँछन् किनभने उनीहरुलाई लाग्छ कि सलमानले बलिउडलाई नियन्त्रण गर्दछन् । तर म कसैसँग डराउँदिन । सलमानले जे गरेका छन्, त्यसले उनलाई जेल पुर्याएको छ । यसमा म निकै खुसी छु ।’

उनी थप्छिन्, ‘धर्तीका लागि जनावर निकै आवश्यक छन् । उनले त्यस्तो गर्नुपूर्व केही पनि सोचेनन् । धेरैले उनलाई आफ्नो आइडल मान्छन् । यस्तोमा सलमानले युवा जमातप्रति जिम्मेवारी उठाउनुपर्छ । यस्तो काम गरेरर उनी युवाहरुलाई कस्तो सन्देश दिन चाहन्छन् ? गलत काम गर, त्यसपछि त्यसको र कानूनको खिल्ली उडाउ किनभने तपाईं सेलिब्रिटी हो ?’

 

सोफिया भन्छिन्, ‘आज भारतले पुष्टि गरिसकेको छ कि तपाईं जो सुकै होस्, काूननभन्दा माथि कोही पनि छैन ।’ उक्त पोष्टमा सोफिया हयाले आफ्नो अनुभव पनि बाँडेकी छिन् । उनी भन्छिन्, ‘आज गरिबहरुमा न्यायप्रति आशा जागेको छ ।’ स्मरण रहोस्, भारतीय मूलकी बेलायती मोडल र नायिका सोफिया हयातले सन् २०१३ मा बिग बस– ७ मा भाग लिएकी थिइन् । कार्यक्रममा उनको सलमान खानसँग बहस पनि भएको थियो ।

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।