कोकाकोलाले अल्कोहलयुक्त पेय ल्याउने

0
Shares

टोक्यो, (एजेन्सी)
कोकाकोला कम्पनीले आफ्नो १ सय २५ वर्ष पुरानो इतिहासको दौरान पहिलो पटक जापानमा अल्कोहयुक्त पेय पदार्थ उत्पादन गर्ने योजना बनाइरहेको छ। जापानमा स्थानीय स्पिरिट सोचु मिसाइएको विभिन्न बास्नादार चु हि नामक क्यान पेय पदार्थ निकै लोकप्रिय रहने अनुमान गरिएको छ।

यसमा कुल आयतनको ३ देखि ८ प्रतिशत अल्कोहल मिसाइने भएको छ। जापानस्थित कोक कम्पनीका एक वरिष्ठ कार्यकारिणी अधिकारीले बजार परीक्षणको उद्देश्यले यो नयाँ पेय पदार्थको उत्पादन गरिन लागेको बताएका छन्।

कोकोकोलाका जापानस्थित अध्यक्ष जोर्गे गार्दुनोले यस्तो अल्कोहरयुक्त पेय पहिले कहिल्यै उत्पालन नगरिएको र यसलाई मुख्य शहरी क्षेत्रभन्दा बाहिर पनि प्रचलनमा ल्याउने उद्देश्य रहेको बताएका छन्। तर उनले यसलाई जापानबाहिर पनि बिक्री गरिने सम्भावना न्यून रहेको बताएका छन्।

सोचु हाइवलको छोटकरी नाम चु हिलाई वियरको विकल्पका रूपमा ल्याइन लागेको हो। यो विशेष गरी महिला पारखीहर माझ लोकप्रिय हुने विश्वास लिइएको छ। जापानका अन्य ठूला पेय पदार्थ उत्पादन कम्पनी किरिन, सुन्तोरी र आसाहीले पनि बजारमा थरिथरिका बास्नामा पेय पदार्थ बजारमा बिक्री वितरण गर्दै आएको छ।

जापानी बजारमा निबुआ, कागती, अंगुर, स्याउ र नासपातीजस्ता विभिन्न फलफूलको स्वादमा पेय पदार्थ उपलब्ध छन्। अल्कोपप भनिने यस्ता गुलिया अल्कोहलयुक्त पेय नब्बेको दशकमा संयुक्त अधिराज्यमा निकै लोकप्रिय रहेको थियो। हुच, रिफ, स्मिर्नोफ आइस र बाकार्डी ब्रिजरलगायतका यस्ता पेयले तहल्कै मच्चाएका थिए।

Skip This