पेन्टागनद्वारा रुसी क्षेप्यास्त्र परीक्षणको पुष्टि, पुटिनको भिडियोमा फ्लोरिडा निसानामा

0
Shares

वासिङ्टन, (एजेन्सी)
पेन्टागनले रुसको खुला परमाणु ऊर्जायुक्त क्रुज क्षेप्यास्त्र परीक्षणको अनुगमन गरिरहेको र उत्तरी युरोप र अलास्कामा रेडियोधर्मी फैलिएकाले उक्त परीक्षण भएको पुष्टि भएको जनाएको छ।

अमेरिकी अधिकारीहरूले रुसको परमाणु ऊर्जायुक्त क्रुज क्षेप्यास्त्र अझै प्रयोग गर्न सक्ने स्थितिमा विकसित नभएको र अझै अनुसन्धान तथा विकासको चरणमा रहेको बताएका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त क्षेप्यास्त्रको सफल परीक्षण भएको दाबी गरेका भए पनि आर्कटिकमा हालै भएको परीक्षण असफल भएको दाबी गरेका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार असीमित दूरीसम्म प्रहार गर्न सक्ने परमाणु ऊर्जायुक्त क्रुज क्षेप्यास्त्रलगायत नयाँ पुस्ताको परमाणु हतियारको परीक्षण गरेको घोषणा गरेका थिए।

नयाँ हतियार विश्वसामु ल्याउने क्रममा पुटिनले एक प्रिजेन्टेसनमा अमेरिकाको फ्लोरिडामा क्षेप्यास्त्रको वर्षा भइरहेको देखाएका थिए। उक्त भिडियो ग्राफिक्समा फ्लोरिडालाई नै किन निसानाका लागि चयन गरियो भन्ने विषयमा चर्चा भइरहेको छ।

अमेरिकी रक्षा विभागका एक प्रवक्ताले पेन्टागनलाई पुटिनको उक्त कुराले आश्चर्य नभएको बताए। रुसी खतरालाई महŒवहीन संज्ञा दिँदै पेन्टागनका प्रवक्ता डेना वाइटले भने– ‘अमेरिकी जना आश्वस्त हुनु, हामी पूर्णरूपमा तयार छौं।’

पुटिनको उक्त भिडियोमा एनिमेसनमा कयौं परमाणु हतियार फ्लोरिडातर्फ गइरहेको देखाइएको थियो। राष्ट्रपति ट्रम्पको फ्लोरिडास्थित मार ए लागो रिसोर्टमा कयौं परमाणु बन्कर छन्, जहाँ राष्ट्रपति बनेपछि उनले कयौं सप्ताहन्त बिताइसकेका छन्।

१९२७ मा निर्मित मार ए लागोमा ती बंकरमध्ये ३ वटा कोरियाली युद्धका बेला निर्माण गरिएका थिए। त्यसको केही माइल दूरीमा बेस्ट पामविचमा ट्रम्पको गल्फ कोर्समा एउटा अर्को बम सेल्टर रहेको छ। अर्को बंकर राष्ट्रपति जोन एफ केनेडीका लागि बनाइएको थियो, जुन मार ए लागोबाट धेरै दूरीमा पर्दैन।
विशेषज्ञहरूले ती बंकर जतिसुकै भव्य तरिकाबाट बनाइएको भए पनि सीधा आक्रमणको स्थितिमा कुनै पनि बंकर सुरक्षित नुहने बताउँछन्।
तर केही विश्लेषकहरूले परमाणु युद्धको स्थितिमा मुख्य लक्ष्य फ्लोरिडा नहुने बताउँछन्। म्याथ्यु क्रोयनिकले आफ्नो किताब ‘द लजिक अफ अमेरिकन न्युक्लियर स्टे«टजी’मा रुसको प्राथमिकता अमेरिकाको सशक्त जवाफी कारबाही गर्ने क्षमतालाई कमजोर पार्नु हुने लेखेका छन्।
क्रोएगिन लेखेका छन्– ‘रुस सामरिक दृष्टिले महवपूर्ण दुई अमेरिकी पनडुब्बीको ठेगाना, वासिङ्टको बांगोर र जर्जियाको किंग्स बेसहित देशभरि फैलिएका ७० अन्य अमेरिकी सैन्य अड्डालाई मेटाउन चाहन्छ।

अमेरिकाको औद्योगिक क्षमता नष्ट गर्न सबैभन्दा धेरै आवादी रहेका अमेरिकी शहरहरूमा रुसले दुई दुई क्षेप्यास्त्र प्रहार गर्ने पनि उनले अनुमान गरेका छन्।

इन्टरनेसनल इस्टिच्युट फर टे«टेजिक स्टडिजका मार्क फिट्ज पेट्रिकले प्mलोरिडामा हमलाको भिडियोले युद्ध नीतिको कुनै सम्बन्ध