सोल, (एजेन्सी)
यसैसाता सार्वजनिक भएका पछिल्ला प्रमाणहरूले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र उनका पिता किम जोङ इलले नब्बेको दशकमा नक्कली ब्राजिलियन पासपोर्ट लिएको पुष्टि गरेका छन्
रोयटर्सले युवक किम जोङ उनलाई ‘जोसेफ प्वाग’ (रिकार्डो र मार्सेलाका पुत्र) तथा उनका पितालाई ‘इजोंग चोइ’का रूपमा बनाइएका कागजपत्रहरूको फोटोकपी फेला पारेको छ। ब्रजिलियन सुरक्षा सूत्रले सन् १९९६ मा चेक गणतन्त्रको राजधानी प्रागस्थित ब्राजिलियन दूतावासले जारी गरेको ती दस्तावेजहरू सक्कली भएको समाचार निकायलाई जनाएको छ।
अन्य सुरक्षा सूत्रहरूले किम बाबुछोराले पश्चिमी राष्ट्रहरूको भ्रमणका लागि ती पासपोर्ट बनाएको जनाएका छन्। तर तिनीहरूले ती पासपोर्टका प्रयोग गरेको यकिन पुष्टि भने हुन सकेको छैन। तर उत्तर कोरियाको सत्तारूढ परिवारलाई किन नक्कली पासोपोर्ट चाहयो? र त्यसका लागि ब्राजिल नै किन रोजियो? भन्ने प्रशन्हरू पनि उठेका छन्।
यी कागजात निर्णायक प्रमाण हुन नसक्लान् तर किम परवारलाई ब्राजिलियन पासपोर्टसँग जोडेर हेरिएको यो पहिलोपटक होइन। सन् २०११ मा सरकारी अधिकारीलाई उद्धृत गर्दै जापानी सञ्चारमाध्यमले किम जोङ उन र उनका भाइ जोङ चुल सन् १९९१ मा ब्राजिलियन पासपोर्टमा टोक्यो डिस्नील्यान्ड घुम्न आएको लेखेको थियो।
त्यसैगरी किम जोङ उनका सौतेनी भाइ किम जोङ नाम २००१ मा नक्कली डोमिनिकन पासपोर्टबाट जापान प्रवेश गर्न खोज्दा पक्राउमा परेदेखि उनका पिता उनीदेखि रिसाएको पनि बताइन्छ। त्यतिबेला किम जोङ नाम पनि डिस्नील्यान्ड जान लागेको बताइएको छ।











प्रतिक्रिया