भारी हिमपातका कारण सबै उडान स्थगित


जेनेभा,  भारी हिमपाताका कारण जेनेभाको विमानस्थलमा बिहीबारका सबै उडानहरु स्थगित भएका छन् ।

कतिपय उडान रद्ध तथा अरु कैयौँ स्थगित भएका कारण कैयौँ यात्रु अलपत्र परेका समाचारमा जनाइएको छ ।

खराव मौसमको कारण उडानहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द रहने सम्बिन्धित अधिकारीहरुले जानकारी दिएका छन् ।

विमानस्थलका अधिकारीहरुका अनुसार यात्रुहरुलाई आफ्नो आधिकारीक सूचनामार्फत विमानस्थल नआउन भनिएको छ ।

बिहीबार बिहानैदेखि हिमपातको क्रम नरोकिएकोले अर्को सूचना प्रकाशन गरेर उडानको समयतालिका तय गरिने उड्डयन अधिकारीहरुले जनाएका छन् ।
रासस/एएफपी

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।