करिनालाई गसिप रोक्न मलाईकाको सुझाव



बलिउडमा नायिकाको एक शानदार समूह छ जसमा नायिकाहरू करिना कपुर, मलाईका अरोरा, करिश्मा कपुर र अन्य केही युवती सामेल छन्। भारतीय सञ्चार माध्यमका अनुसार यो समूह बलिउडको हरेक पार्टी तथा समारोहमा एकसाथ देखिन्छ। उनीहरू एकअर्कासँग निकै रमाइलो गर्छन्। साथै एकअर्काका लागि राय सल्लाह पनि दिन्छन्।

हालै नायिका मलाईका अरोरा र उनकी बहिनी अमृता अरोरा अर्की नायिका नेहा धुपियाको एक च्याट शोमा पुगे। उक्त च्याट शोमा नेहाले मलाईकालाई तपार्इं आफ्नो साथी करिना कपुरलाई के सल्लाह दिन चाहनुहुन्छ? भनेर प्रश्न गरिन्। मलाईकाले तुरुन्त जवाफ दिइन्– ‘करिना स्टप गसिपिङ।’ बलिउडमा करिना गसिपिङ क्विनका रूपमा चिनिन्छिन्। करण जौहर, रणवीर कपुरलगायतका व्यक्तिहरू मान्छन् कि बलिउडको कुनै पनि खबर सबैभन्दा पहिले करिनाबाटै थाहा पाइन्छ। मलाईकाले पनि यो कुरा सहजै स्वीकार्दै उनलाई सुझाव दिन पछि हटिनन्।

प्रतिक्रिया दिनुहोस्