मानुषीको हट पोस्टमा फ्यानहरू बीच विवाद



भारतीय सुन्दरी मानुषी छिल्लरले विश्व सुन्दरीको ताज जितेर भारतको नाम उच्च राखिन्। यही बीचमा उनी भारतीय फिल्ममा छाउने चर्चा चलेको छ।

सामाजिक सञ्जालमा उनको फ्यान फ्लोअर्सको पनि कमी छैन। उनको एक–एक गतिविधि उनको फ्यानले नियालिरहेका हुन्छन्। यसैबीच उनले केही समयअघि आफ्नो इन्स्टाग्राम खातामा एक फोटो हालेकी थिइन् जसका कारण उनी अहिले पनि चर्चामा छिन्। उनले शेयर गरेको तस्वीरमा उनी बिकनीमा देखिएकी छिन्। स्विमिङ पुलको छेउमा लिइएको उक्त फोटोमा उनी निकै हट देखिइएकी छन्। उनको बिकनी अवतारको तारिफ गर्नेे धेरै फ्यान छन् भने उनको यस पोस्टलाई नकरात्मकरूपमा लिने केही व्यक्ति पनि छन्। मानुषीको यो फोटो मन नपराउनेहरूले उनलाई सामाजिक सञ्जालमा ट्रोल गरिरहेका छन्।

उनको एक फ्लोअरले उनलाई उनको बुबाआमाले यस्तै फोटो खिच्नका लागि जन्माएका हुन् भनेर प्रश्न गरेका छन् भने अर्कोले पोर्नस्टार नबनेर किन यस्तो फोहोरी फोटो हालेको भनेर कमेन्ट गरेका छन्। उनको एक फ्लोअरले त यस्तो मान्छे कसरी मिस वल्र्ड बनेको होलासम्म भनेका छन्। तर, मानुषीले भने अझसम्म पनि यसको जवाफ दिएकी छैनन्। उनका फ्यान भने चुप लागेर बस्न सकेनन् र उनका केही फ्यान उनको समर्थनमा बोलेका छन्। उनका एक फ्यानको जवाफ छ– ‘तपाईं जस्तो मानिस एक युवतीमाथि यस्तो फोहोरी सोच राख्नुहुन्छ? सबैलाई आफ्नो आत्मसम्मानको चिन्ता हुन्छ। तपाईंले आफ्नो साथी, प्रेमिका, आमा तथा दिदीबहिनीलाई भन्न सक्नुपर्छ कि आफूलाई के मन लाग्छ, त्यो लुगा लगाउनुस्।’

 

प्रतिक्रिया दिनुहोस्