नेपाल स्वस्तिक सहयोगी हातहरू



नेपाल स्वस्तिक सहयोगी हातहरूले अपांग भएका विद्यार्थीलाई सहयोग गरेको छ। कपनटारस्थित ‘बाल अपांग टेवा संस्थाु मा अपांग बालबालिकालाई मनोबल बढाउने सांगीतिक कार्यक्रमका साथै खाजाको व्यवस्था गरेको छ। संस्थाले संस्थामा कार्यरत २२ जना विद्यार्थीलाई खाजा खुवाएको थियो। खाजा खुवाउन पुगेका स्वस्तिकका पदाधिकारीलाई संस्थाका अध्यक्ष डेन्जी शेर्पाले निरन्तर सहयोगका अपेक्षा गर्नुभएको थियो। लामो सयमदेखि बस्दै आएका अपांग बालबालिकालाई संस्थाले नै स्थानीय विद्यालयमा पढाइरहेको छ।


हाम्रा सहयोगी हातहरू भन्ने मूल नाराबाट थालिएको ‘नेपाल स्वस्तिक सहयोगी हातहरूु ले यसअघि मूलपानी, थलीस्थित ‘अपांग नवजीवन केन्द्र नेपालु मा यस्तै कार्यक्रम गरेको थियो। स्वतिकका अध्यक्ष सुप्रिया प्रजापतिले आश्रम, अनाथालय र विभिन्न स्थानमा बसोबास गर्ने अनाथ र आपांग बालबालिकालाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो। उहाँले किताब–कपी नभएका। ड्रेसन भएर विद्यालय जान नसकेका र शुल्क तिर्न नसकेका बालबालिकाका लागि आगामी दिनमा सहयोग गर्दै जाने बताउनुभयो।


अनाथ तथा अपांग बालबालिकाको प्रतिभालाई अगाडि बढाउने र आफूले आफैंलाई आत्मनिर्भर बनाउने अवसर मिलोस् भन्ने उद्देश्यले संस्थाको स्थापना गरिएको हो। अपांग भएका विद्यार्थीलाई ब्लेसफुल रेस्टुरेन्टका सञ्चालक प्रज्वल श्रेष्ठ र फुडफर नानिजको सञ्चालक जिमी कार्थकलगायतले सहयोग गरेका थिए।

प्रतिक्रिया दिनुहोस्