लेडी गागालाई फाइब्रोमायेल्जिया

0
Shares

चर्चित अमेरिकी गायिका लेडी गागाको फ्यनका लागि दुःखद खबर आएको छ। जसको जानकारी गागा आफैंले आफ्नो सामाजिक सञ्जालमार्फत दिएकी हुन्।

एजेन्सीका अनुसार फाइब्रोमायेल्जिया नामक रोगका कारण उनले आफ्नो वल्र्ड टुरअन्तर्गतका १० स्थानका शोहरु रद्ध गर्नुपरेको छ। फेसबुक अकाउन्टमा आफ्नो प्रशंसकसँग माफी माग्दै उनले लेखेकी छिन्– ‘यसो गरिरहँदा मलाई राम्रो लागिरहेको छैन। तर, मैले यो अवस्थामा आफ्नो पनि ख्याल गर्नुपर्ने भएकाले मैले आफ्नो वल्र्ड टुरका बाँकी स्थानमा शो रद्ध गर्नुपरेको छ।’ उनले आफू फाइब्रोमायेल्जिया नामक रोगबाट पीडित भएको र यसले शरीरमा भयानक पीडा हुनुका साथै यो लामो समयसम्म रहने प्रस्ट पारेकी छिन्।