चाइल्ड पोर्नोग्राफीको दोषी ठहरिएपछि आत्महत्या

0
Shares

हलिउड अभिनेता मार्क सेलिङले हालै आफ्नै घरभित्र पासो लगाएर आत्महत्या गरेका छन्। एजेन्सीका अनुसार सन् २०१७ डिसेम्बरमा ५० हजारभन्दा धेरै बाल अश्लील तस्वीर तथा भिडियो भेटिएपछि चाइल्ड पोर्नोग्राफीको दोषी ठहरिएका उनले आत्महत्या गरेका हुन्।

उनी ३५ वर्षका थिए। यो वर्षको मार्चमा उनले कम्तीमा ५ देखि ७ वर्षसम्मको सजाय पाउनेवाला थिए। एजेन्सीका अनुसार उनको आत्महत्या प्रयास भने पहिलो होइन। सन् २०१७ मार्चमा नै उनले आफ्नो नाडी काटेर आत्महत्याको प्रयास गरेका थिए। तर, उक्त बेला उनी बचेका थिए। अभिनयको अलावा लेखन र संगीतमा पनि सक्रिय उनको परिवारमा आमाबुबा र एक भाइ रहेका छन्।