अमेरिकालाई चेतावनी



बेइजिङ, (एजेन्सी)
गतहप्ता दक्षिण चीन सागरस्थित विवादास्पद एक द्विप समूहनजिकै अमेरिकी युद्धपोत प्रवेश गरेकोमा चीनले उसको सम्प्रभुताको रक्षा गर्न आवश्यक कदम चाल्ने जनाएको छ। शनिबार चीनको विदेश मन्त्रालय लु काङले हुआंग्यान टापुको १२ नटिकल माइल दायराभित्र अमेरिकी यूएसएस हुपर विध्वंशक क्षेप्यास्त्र प्रवेश गरेको बताएका थिए। चीन र फिलिपिन्स दुवैले उक्त द्विपसमूहको स्वामित्वमाथि दाबी गरेका छन्। चीनले अमेरिकाको उक्त गतिविधिलाई लिएर कडा असन्तुष्टि व्यक्त गर्दै आफ्नो सम्प्रभुता रक्षा गर्न आवश्यक कदम चाल्ने चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्