नुवाकोटका अधिकांश भूकम्पपीडितले घर बनाउन सकेनन्



शलिकराम चालिसे, नुवाकोट

नुवाकोटका अधिकांश भूकम्पपीडितले सरकारले दिएको पुस मसान्तसम्मको समयसीमा सकिँदासमेत घर बनाएका छैनन्। दक्ष कामदारको अभाव, निर्माण सामग्रीको मूल्यवृद्धिसँग अभाव र समयमा नै गाउँ–गाउँमा प्राविधिक पुग्न नसक्दा पहिलो किस्ता लिएका न्यून मात्रामा घर निर्माण गरेका हुन्। जसका कारण भूकम्पपीडितलाई अझै पनि चिसोमा बस्नुपर्ने बाध्यता भएको छ।

भूकम्पपीडितले निर्माण सामग्री अभावका कारण घर बनाउन नसकेको बताएका छन्। विदुर नगरपालिका–१ का शंकर तामाङले बालुवा, सिमेन्ट हार्डवयरदेखि स्थानीय कच्चा निर्माण सामग्रीको अभावमा घर बनाउन नसकिएको बताउँछन्। तामाङ भन्छन्– ‘सरकारले दिएको समयसीमाले आफूजस्ता धेरै मर्कामा परेका छन्।’

तामाङको जस्तै समस्या विदुर नगरपालिका–११ का नरहरि चालिसेको पनि छ। चालिसेले भने– ‘घर बनाउने समयसीमा सकिए पनि घर बनाउन सकिएन। न त घर बनाउने कामदार नै पाइयो न निर्माण सामग्री ?ु
रााष्ट्रिय पुनर्निर्माण प्राधिकरण नुवाकोटका प्रमुख वेदप्रसाद गौडेलका अनुसार नुवाकोटमा अनुदान सम्झौता गरेका नुवाकोट ६३ हजार ७ सय ५२ भुकम्पपीडितमध्ये ६३ हजार ६ सय ६५ मात्रै भूकम्पपीडितले अनुदानबापतको पहिलो किस्ता ५० हजार रुपियाँ लिएका छन्। दास्रो किस्ता लिनेको संख्या ३२ हजार रहेको छ। त्यस्तै तेस्रो किस्ता पाउने अत्यन्तै कम छन्। तेस्रो किस्ता पाउनेमा करिब ४ हजार रहेको पौडेलले बताए।

भूकम्पपीडितले घर बनाउने समयसीमा थपिदिन आग्रह गरेको बारे प्रश्न गर्दा प्रमुख पौडेलले भने– ‘अब सरकारले समयावधि थप गर्न पनि सक्छ, तर यस बारेमा मलाई धेरै जानकारी छैन।’ उनका अनुसार पुस मसान्तको समयसीमा बढाइदिन धेरै भूकम्पपीडितले निवेदन पनि दिएका छन्। पौडेलले थपे– ‘गुनासो आएको छ, मैले केही गर्न सक्दिनँ। समयसीमा थप गर्ने काम सरकारको हो।’

त्यसै गरी नुवाकोटको विभिन्न ठाउँमा बस्दै आएका भूमिविहीन २४ परिवार भूकम्पपीडितलाई खरानीटारमा जग्गा वितरण गरिएको छ। उनीहरुलाई जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले जग्गाधनी लालपुर्जा हस्तान्तरण गरिएको बताएका छन्। सरकारले दिएको पुस मसान्त सकिँदा पनि भूकम्पपीडित भने निर्माण सामग्रीको खोजीमा हार्डवेयर पसलमा सिमेन्ट, छडका लागि धाउँदै आएका छन्। ढुंगा, बालुवा, गिट्टीलगायतका सामग्रीको कृत्रिम अभाव भएको छ। त्यस्तै घर निर्माणका लागि कामदार अभावले पनि भुकम्पीडित मारमा परेका छन्। कामदार र निर्माण सामगीको कृत्रिम अभाव भएसँगै मूल्यसमेत दोब्बर बनाइँदा भूकम्पपीडिते दोहोरो मारमा परेका छन्।

घर निर्माण गर्न बालुवा, सिमेन्ट र कामदार नपाउँदा समस्या भएको विदुर नगरपालिका–११ का दाताराम प्याकुरेलले बताए। उनले भने– ‘गाउँमा कामदाको अभावसँगै निर्माण सामगीहरु इँटा, बालुवा, सिमेन्ट तथा रडको अभाव भएको छ, जसले गर्दा रााष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दिएको पुस मसान्तसम्मको म्याद गुज्रेको छ, घर बनाउन चाहेर पनि हामीले घर निर्माण गर्न सकेनौं।’

यस्तै समस्या विदुर नगपालिका–४ को चारघरेका रमेश लामिछानेको पनि छ। लामिछानेले भने– ‘घर त बनाउन शुरु गरियो तर कामदारको अभावसँगै निर्माण सामग्रीको अभावले तनावमा छु।’

कसरी घर बनाउने हो पत्तो छैन। निर्माण सामाग्रीको अभाव भन्दै भाउ पनि बढेको छ, कसरी घर बनाउने हो, समस्यामा छु।’ नुवाकोटमा यसअघि प्रतिबोरा ५ सयदेखि ६ सयसम्म पर्ने सिमेन्टको मूल्य बढेर ७ सयदेखि ८ सयसम्म पुगेको छ। भनेको समयमा निर्माण सामग्री नपाउँदा भूकम्पपीडित काठमाडौंसम्म पुग्ने गरेका छन्।

हार्डवेयर सञ्चालकले भने कम्पनीले नै मूल्य वृद्धि गरेका कारण आफूहरुले मूल्य बढाउनुपरेको बताएका छन्। विदुर नगरपालिका–४ बट्टारका हार्डवयेर सञ्चालक वासु श्रेष्ठले बालुवाm सिमेन्ट, छडको मूल्य बढेको बताए। भारतबाट आवश्यक मात्रामा कच्चा पदार्थ आयात नहुँदा मूल्य वृद्धि भएको श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस्