इस्लिङ्टनले शुरू गर्यो रोजगारसहितको एमबीए



इस्लिङ्टन कलेजले अनुसन्धान रोजगारसहितको एमबीए शुरु गरेको छ। चालू शैक्षिक सत्रबाट सूचना प्रविधि र अनुसन्धानमा आधारित एमबीएको कोर्ष शुरु गरेको हो। कलेजले चीन र थाइल्यान्डमा समेत अतिरिक्त समय अध्ययनको व्यवस्थासहित २ वर्षे एमबीए कोर्ष शुरु गरेको हो। बेलायतको लन्डन मेट्रोपोलिटन विश्वविद्यालयको सम्बन्धनमा चालू शैक्षिक सत्रदेखि एमबीए कोर्ष शुरु गर्ने भएको छ। यो कोर्ष अध्ययनपछि नेपाललगायत विश्वका कुनै पनि मुलुकमा व्यवसाय अध्ययन र अनुसन्धान गर्न सहयोग हुने कलेजले जनाएको छ। अनुसन्धानमा आधारित २ वर्षीय कोर्षअन्तर्गत नेपालबाट विदेश निर्यात हुने र विदेशबाट नेपाल आयात हुने सामग्रीको विषयमा सूक्ष्म अध्ययन गर्ने यो कोर्षको विशेषता हो। व्यापारसँग सूक्ष्म अध्ययन गर्ने उद्देश्यसहित नयाँ विषयको शुरुआत गरिएको कलेजका प्रमुख कार्यकारी निर्देशक सुलभ बुढाथोकीले जानकारी दिनुभयो। हामीले नेपालको बैंकिङ, अर्थ र व्यापारिक क्षेत्रको विषयमा अध्ययन गरी नेपालको व्यावसाय सञ्चालन गर्न सहजताका लागि नयाँ कोर्षको शुरुआत गरेकाहौं’ –उहाँले भन्नुभयो।

देश र विदेशको सम्पूर्ण व्यावसायिक विषयको अध्ययन अनुसन्धान गर्न शुरु गरिएको एमबीए नेपालमा पहिलो हो। म्यानेजेरियल लेभलमा २ वर्ष रोजगारी गरिरहेका विद्यार्थीलाई लक्षित गरी सञ्चालन गर्न लागिएको यो विषय विश्व प्रसिद्ध चीनको अलिवावा डट कम र युनिभर्सिटी अफ द थाइल्यान्ड चेम्बर अफ कमर्ससँग सहकार्य गरिएको छ। पहिलो वर्ष लन्डन मेट्रोपोलिटियन युनिभर्सिटीको कोर्षसँगै चिनियाँ भाषाको एचएसके तेस्रो लेभलको भाषा सिक्नुपर्छ। भाषासँगै अलिवावा डट कमका विज्ञ र त्यससँग सम्बन्धित विज्ञसँग तालिमको व्यवस्था गरिएको छ। नेपाल र विश्वको आयात र निर्यातको अवस्था कस्तो छ, नेपालको बजार विस्तारका लागि अन्य मुलुकसँग कसरी सम्भव छलगायतका अनुसन्धानात्मक विषय सिक्ने चाहना यो कोर्षले पूरा गर्छ। चाइनामा अध्ययन सम्पन्न गरेपछि २ साता थाइल्यान्डमा अध्ययन गर्नुपर्ने अतिरिक्त व्यवस्था यो कोर्षमा छ। व्यापारमा फड्को मारिसकेको थाइल्यान्डको चेम्बरसँग विश्वकै व्यापारको विषयमा अध्ययन गर्ने अवसर मिल्नेछ। एकेडेमिक पेपर, बिजनेस प्रपोजल, थेसिस बुझाउनुपर्दा अनुसन्धनात्मक विषयलाई केन्द्रित गरिएको हुन्छ।

२ वर्षे कोर्ष पूरा गरिसकेपछि नेपालमै रोजगारी सिर्जना गर्ने कि विदेश जाने भन्ने विषय छनोट गर्ने अधिकार विद्यार्थीलाई नै हुन्छ। ‘४ वर्ष लामो म्यानेजेरियल लेभलको रोजगारी गरेका विद्यार्थीलाई छनोट गरी अध्ययन गर्ने अवसर दिने भएकाले यो विषयको स्कोप विश्वमा नै बढेर जाने अपेक्षा हामीले गरेका छौं’ –कलेजका प्रमुख कार्यकारी निर्देशक बुढाथोकीले भन्नुभयो। वास्तवमा जहाँसुकै व्यापार व्यवसाय सञ्चालन गर्न यो कोर्षले महत्त्वपूर्ण भूमिका खेल्नेछ भने व्यापारी र उपभोक्ताको सम्बन्धका लागि यो कोर्षले पुलको रूपमा लिन सकिन्छ। करिब १ वर्षको लामो अध्ययनपछि बेलायतले यो कोर्ष सञ्चालन गर्ने अनुमति दिएको कलेजले जनाएको छ। अनुसन्धानमा आधारित विषय भएकाले पहिलो वर्ष २० जना विद्यार्थीले मात्र यो कोर्षको अध्ययन गर्ने अवसर पाउनेछन्। यो कोर्ष अध्ययन गर्न ५ लाख ५० हजार र चीन र थाइल्यान्डमा अतिरिक्त कोर्ष अध्ययन गर्न करिब ८ लाख ५० हजार रुपियाँ लाग्छ।

‘यो विषय त नेपालमै महत्त्वपूर्ण छ, विदेश गएर रोजगारी गर्न आवश्यक नै पर्दैन’ –उहाँको धारणा थियो। विदेशी विश्वविद्यालयको सम्बन्धनमा विभिन्न कलेजले एमबीए अध्ययन गराएपछि नेपालमा यस्तो विषयले पहिलोपटक प्रवेश पाएको हो। कार्यकारी निर्देशक बुढाथोकीले कलेजमा अध्ययन गरेका विद्यार्थीले आफ्नै देशमा सेवा गरुन् भन्ने उद्देश्यले अनुसन्धानमा आधारित एमबीएको कोर्ष शुरु गरेको जानकारी दिनुभयो। विश्वविद्यालयको चाहना पनि यस्तै छ। बेलायत सरकारले नेपाल र नेपालीप्रति विश्वास गरेर नेपालमै बेलायती शिक्षा प्रदान गर्न दिइरहेको छ। हामी नेपालमै बेलायतको शिक्षा प्रदान गरिरहेका छौं’ –बुढाथोकीले भन्नुभयो।

२२ वर्षअघिदेखि नेपालमै बेलायती शिक्षाको अध्ययन गर्ने अवसर दिएको इस्लिङ्टन कलेजले स्थापनाकालदेखि हालसम्म करिब ३ हजार विद्यार्थीले नेपाललगायत विश्वका विभिन्न देशमा रोजगारी पाइसकेका छन्। सन् १९९६ मा इन्फोमेटिक्स त्यसपछि सन् २०१० मा इस्लिङ्टन कलेजको नामबाट स्थापित कलेजले सूचना प्रविधि र व्यवस्थापन संकायअन्तर्गत स्नातक तहको अध्यापन गराइरहेको छ।

हाल ककलेजमा बीबीएअन्तर्गत सूचना प्रविधिको ३ वर्षीय कोर्षअन्तर्गत कम्प्युटिङ, नेटवर्किङ एन्ड आईटी सेक्युरिटी र मल्टी मिडिया टेक्नोलोजीअन्तर्गत सञ्चालन भइरहेको छ। व्यवस्थापनअन्तर्गत ४ वर्षीय बीबीएमा इन्टरनेसनल बिजनेस, फाइनान्स र मार्केटिङ विषयमा अध्ययन गर्न व्यवस्था छ। इस्लिङ्टनमा अध्ययन गर्ने विद्यार्थीमध्ये ९८ दशमलब ६ प्रतिशतले रोजगार हासिल गरिरहेका छन्। लन्डन मेट्रोपोलिटन विश्वविद्यालयकै सम्बन्धनमा पोखरामा इन्फोमेटिक्स, विराटनगरमा मेरिल्यान्ड र इटहरीमा इटहरी कलेज सञ्चालित छन्। इस्लिङ्टन कलेजले आफ्ना विद्यार्थीलाई पढाइसँगै रोजगारीको समेत व्यवस्था गरेको छ। १ सय २५ शिक्षक र कर्मचारी कार्यरत रहेको इस्लिङ्टनमा अधिकांश शिक्षक सूचना प्रविधि क्षेत्रमा दक्ष छन्। ३ हजार ८ सयभन्दा बढी ग्रइजुएट भएकामध्ये अधिकांश विभिन्न नाम चलेका बैंक, वित्तीय क्षेत्रका सूचना प्रविधिमा काम गरिरहेका छन्। कार्यक्रममा कलेजका चिफ अप्रेसन अफिसर केल्भिन एन्जी, लन्डन मेट्रो पोलिटन विश्वविद्यालयका सहकुलपति एलजावेथ चारमेन, विन्डी ब्लोसी, भ्यान्स हेरी, यूटीसीसीका डीन ज्याकरिन स्र्रिमुन, अलिवावा ग्रुपका कार्यक्रम निर्देशक टेरिन भेन्चेस्निनले कलेजको विषयमा बोल्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्