शिक्षालयले मनायो स्वर्ण अंक समारोह



शिक्षालय शैक्षिक मासिकले आफ्नो प्रकाशनको स्वर्ण अंक मनाएको छ। प्रकाशनको ५१औं अंक पूरा गरेको अवसरमा ललितपुरमा एक कार्यक्रम गरी शैक्षिक अनलाइन ई–न्युजपाना डटकमको शुरुआतका साथ शिक्षालयले स्वर्ण अंक समारोह मनाएको छ ।

युवा तथा खेलकुद राज्यमन्त्री टीएल चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोहमा पत्रिका प्रकाशनमा योगदान गरेबापत विज्ञापनदाता, लेखक, पत्रकारलगायत ३२ जनालाई कदरपत्र प्रदान गरिएको थियो।

कदरपत्र गर्ने व्यक्तित्वहरूमा तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्का सदस्य–सचिव भीमलाल गुरुङ, परीक्षा नियन्त्रण कार्यालयका उपनिर्देशक गेहनाथ गौतम, प्याब्सन उपाध्यक्ष दीपिका थापा, सचिव मधु लोहनी, ग्लोबल एक्सन नेपालका अध्यक्ष बाबुकाजी श्रेष्ठ, हिसान सचिव रामहरि सिलवाल रहेका छन्। यसै गरी थकिनकुमार गुरुङ, शिव कार्की, नवराज महत, गोपाल आचार्य, निरोज महर्जन, जगन्नाथ सिलवाल, विनोद देवकोटा, राधेकृष्ण महर्जन, हीरा महर्जन, शरण स्थापित, मधुकर तुलाधर, चन्द्रमान माली, रञ्जना प्रधान, जमुना महर्जन, कीर्ति पाण्डे, फादर सामुअल, राइनी दि विट, प्रेम देसार, प्रकाश सिलवाल, लेखनाथ न्यौपाने, शशिशेखर आचार्य र उत्तम कार्की तथा फोटोपत्रकारहरू चन्द्रमान डंगोल, अंगद ढकाल, रवि आचार्य, सुमित नेपालीलाई कदरपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा कदरपत्र प्रदान गर्दै युवा तथा खेलकुद राज्यमन्त्री चौधरीले शिक्षामा सेवा प्रवाहमा समस्या भई यसको गुणस्तरीयतामा समस्या आएकाले लगानी वृद्धिमा ध्यान जानुपर्ने बताउनुभयो। आफूले लामो समय शिक्षा क्षेत्रमै बिताएको सम्झँदै तराई मधेस शिक्षामा काम गरिरहेको समेत जनाउनुभयो। कार्यक्रममा बोल्दै नेपाल सरकारका पूर्वसचिव महाश्रम शर्माले स्थानीय तहमा शैक्षिक अधिकार स्थानान्तरण भएको सब केन्द्र सरकारले स्थानीय सरकारलाई बलियो बनाउन सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो।

प्रेस चौतारी नेपालका उपाध्यक्ष विश्वमणि सुवेदीले अझै पनि पत्रकारितामा राज्यको हस्तक्षेप भइरहेको यसप्रति सचेत हुनुपर्नेमा जोड दिनुभयो। प्रेस सेन्टरका उपाध्यक्ष ओम शर्माले शिक्षा क्षेत्रमा व्यापारीकरण र माफियाकरणबारे सञ्चार जगत्ले आलोचनात्मक समाचार दिन आवश्यक रहेको बताउनुभयो।

प्रेस काउन्सिल नेपालका सदस्य शुभेच्छा बिन्दुले साभार पत्रकारिताले समस्या भएकाले यसलाई मौलिकतासँग जोडेर हेर्न आग्रह गर्नुभयो। शिक्षा पत्रकार समूहका अध्यक्ष दीपक दाहालले विट पत्रकारिताको विकासले शिक्षाको विकासमा सहयोग गरेको बताउनुभयो।

शिक्षा पत्रकार सञ्जालका पूर्वअध्यक्ष ईश्वरराज ढकालले शिक्षालय तथा ई–न्युजपाना डटकम अनलाइनको सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा राजधानी दैनिकका सम्पादक डिल्ली आचार्य, क्लासिक एफएमका स्टेसन म्यानेजर पुरुषोत्तम बस्नेत, अपिनका अध्यक्ष बद्री भट्टराई, पत्रकार महासंघ ललितपुरका अध्यक्ष ज्ञान पौडेल, मिसन प्रकाशनका गोकुल बुढाथोकीलगायत शिक्षाका सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सम्बोधन गर्दै शिक्षालयका प्रधान सम्पादक श्याम तण्डुकारले सबैको सहकार्यले नै शिक्षालय स्वर्ण अंकसम्म पुगको जानकारी दिनुभयो। शैक्षिक मुद्दालाई सधैं केन्द्रमा राखेर अनुसन्धानात्मक र खोजमूलक शैक्षिक विषयलाई सामाचारको रूपमा प्रस्तुत गर्ने ई–न्युजपाना डटकम का प्रधान सम्पादक बालमुकुन्द
आचार्य बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्