एन्जिला र संगीता मिस र मिसेस ब्युटिफुल



दक्ष इन्टेरनेसनलले राजधानीमा एकसाथ आयोजना गरेको अविवाहित र विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगितामा एन्जिला कार्कीले तेस्रो संस्करणको मिस ब्युटिफुल नेपाल २०१८ तथा संगीता न्यौपानले दोस्रो मिसेस ब्युटिफुल नेपाल २०१८ ताज चुमेका छन्।

ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न मिस ब्युटिफुल नेपाल २०१८ मा मनीषा देव फस्ट रनर्सअप र मिस कन्जिनिलियटी, अस्मिता श्रेष्ठ सेकन्ड रनर्सअप र सिर्जना दाहाल थर्ड रनर्सअप चुनिए। त्यसै गरी बिजेना चौहान ब्युटी विथ पर्पस, तेन्जिङ लामा मिस क्याटवाक, प्रतिज्ञा भण्डारी बेस्ट डान्स, रोशनी कुमारी रावल बेस्ट सिंगर, अस्मिता श्रेष्ठ बेस्ट आइक्यु, अरूणा कम्बान्ज मस्ट डिसिप्लेन, पवित्रा घर्ती मगर मस्ट पपुलर, पुष्पा सापकोटा बेस्ट स्किन, लक्ष्मी केसी बेस्ट स्माइल, बिनु तामाङ सोसल रेस्पोन्सिबल, समीक्षा श्रेष्ठ बेस्ट हेयर, निशा थापा बेस्ट पर्सानालिटी, प्रतिज्ञा भण्डारी मिस फोटोजेनिक, समीक्षा श्रेष्ठ मिस ट्यालेन्ट, मीनाक्षी देव फेसबुक च्वाइस, कल्पना तामाङ मस्ट आइकनिक आइज एन्जिला कार्की मस्ट फ्रेन्डली, बेन्जु थापा बेस्ट स्पिच, अरुणा कार्की मिस फेसन आइकन, सिर्जना दाहाल मस्ट चार्मिङ, रेविका बराइली बेस्ट फिटनेस र पवित्रा घर्तीमगर मस्ट एक्टिभ भएका छन्।

अश्विनी झाको कोरियोग्राफी र बबिता वज्राचार्यको इभेन्ट म्यानेजमेन्टमा सम्पन्न विवाहितको सौन्दर्य प्रतियोगिता मिसेस ब्युटिफुल नेपाल २०१८ मा प्रमुख उपाधि विजेता संगीता न्यौपाने बेस्ट पर्सनालिटी र मिसेस ट्यालेन्ट, सरिता सिंह कायस्थ फस्ट रनर्सअप र बेस्ट फिटनेस, पूजा कुँवर थापा सेकेन्ड रनर्सअप र मिसेस कन्जिनियालिटी चुनिए।

प्रतियोगितामा सविना गहतराज मिसेस फोटोजेनिक र बेस्ट फिजिक, कोपिला रसाइली सिंह बेस्ट स्माइल, अञ्जु कार्की बेस्ट स्किन, लीलावती जोशी श्रेष्ठ बेस्ट आर्टवर्क र आरती महर्जन भ्युवर्स च्वाइस भएका छन्।

नायिका सञ्चिता लुइँटेल, अभिनेता गजित विष्ट, गायक सीताराम पोखरेल, नेपाल–भारतमैत्री अस्पतालका अध्यक्ष तथा समाजसेवी डा. श्याम खड्का, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी र नेपाल चलचित्र पत्रकार संघका अध्यक्ष सन्दीप सापकोटा निर्णायक रहेको कार्यक्रममा निरू खड्का, यमन श्रेष्ठ, कमला रेग्मी, महादेव त्रिपाठी, रमेश श्रेष्ठ सीमान्त सन्तोष, धु्रव विस्को, प्रदीप कसपाललगायतका कलाकाले विभिन्न प्रस्तुति प्रस्तुत गरेका थिए। कार्यक्रममा हास्य अभिनेता किरण केसीलाई दक्ष कला अवार्ड र इभेन्ट निर्देशक निसुकान्त झालाई दक्ष इभेन्ट मेनेजर अवार्डबाट सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्