‘शिरको टोपी’ सार्वजनिक



ज्योेति साहित्य प्रतिष्ठानको १३५ औँ कवितायात्रा र बाबुकाजी सिलवालको कवितासंग्रह ‘शिरको टोपी’ को लोकार्पण कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भयो। प्रत्येक महिनाको पहिलो शुक्रबार आयोजना हुने कवितायात्रा कार्यक्रममा कविता, मुक्तक, गजलजस्ता विभिन्न काव्यविधाका रचना वाचन हुनु र कार्यक्रम नियमित सञ्चालन गर्नु चुनौतीपूर्ण कार्य भएको र त्यो चुनौती ज्योति साहित्य प्रतिष्ठानले पूरा गर्न सफल भएको भाव प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले व्यक्त गरे।

उक्त कार्यक्रममा विशिष्ट अतिथि हिरण्यकुमारी पाठक, शंकर भारती, मित्रलाल पंज्ञानी, डा. बमबहादुर थापा ‘जिताली’, ममता कर्माचार्यको गरिमामय सहभागिता रह्यो। प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष सूर्य बस्नेतले स्वागत मन्तव्य दिनुका साथै कार्यक्रम सञ्चालन प्रतिष्ठानका सचिव उषा आचार्यले गरिन्।

‘शिरको टोपी’ नामक विमोचित कृतिमाथि ज्योति साहित्य प्रतिष्ठानका महासचिव कमला रिसाल ‘ज्योति’ले समीक्षात्मक टिप्पणी गरिन्। उक्त कार्यक्रममा कविहरु ओमप्रसाद कोइराला, रश्मी रिमाल, गंगा आचार्य, पशुपति कर्माचार्य, प्रकाश बस्नेत ‘गफाडी’, मुकुन्द न्यौपाने, महेश रिजाल, निर्मल पराजुली, गुप्तबहादुर श्रेष्ठ, मेनका पोखरेल, जनार्दन अधिकारी ‘धड्कन’, शैलेन्द्रकुमार शाह, हरिप्रसाद पाण्डेय, राजनविक्रम थापा, ममता कर्माचार्य, राजुबाबु श्रेष्ठ, उर्मिला कोइराला, अशोक घिमिरे, लालकाजी श्रेष्ठलगायतले आ–आफ्नो रचना वाचन गरे।

प्रतिक्रिया दिनुहोस्