नेपाल आर्मी च्याम्पियन



काठमाडौं, (नेस)
नेपाल आर्मी आठौँ कोरियन एम्बासडर तेक्वान्दो च्याम्पियनसिपमा च्याम्पियन भएको छ। सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा आइतबार आर्मी महिला र पुरुष दुवैको सिनियरतर्पm च्याम्पियन भएको थियो। आर्मीले महिलातर्फ ४ स्वर्ण, २ रजत र ६ कांस्य पदक जित्दा पुरुषमा ५ स्वर्ण, २ रजत ६ कांस्य पदक हात पार्न सफल भयो।

नेपाल तेक्वान्दो संघ र नेपालस्थित दक्षिण कोरियाली दूतावासको आयोजनामा भएको च्याम्पियनसिपको पुरुषमा नेपाल पुलिसले ३ स्वर्ण, १ रजत तथा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले १ स्वर्ण, ३ रजत र ३ कांस्य पदक हात जित्दै क्रमशः टिम दोस्रो र तेस्रो भयो। महिला पनि पुलिसले ३ स्वर्ण, १ रजत र २ कांस्य पदक जित्दै टिम दोस्रो हुन सफल भयो। तेस्रो भएको कोटेश्वरले २ रजत पदक मात्र जितेको थियो।

प्रतिक्रिया दिनुहोस्