देशभर फाटेको जुत्ता

0
Shares

 

आज देशभरका हलमा फाटेको जुत्ता नामक फिल्म रिलिज हुने भएको छ। कमेडीवेश यो फिल्म जिन्दगी रक्सबँट फिल्म निर्देशन यात्रा शुरु गरेका निकेश खड्काले निर्देशन गरेका छन्। म्युजिक भिडियो निर्देशनमा व्यस्त रहने खड्काले विभिन्न विधाका ७ सयभन्दा बढी गीतको म्युजिक भिडियो निर्देशन गरिसकेका छन्।

संगीतकार तथा गायक अर्जुन कुमारद्वारा निर्मित फिल्ममा निरोज महर्जनको कथा, पटकथा र संवाद, प्रवेश मल्लिक र डीपी खनालको गीत, प्रवेश मल्लिक र शंकर थापाको संगीत, राजीव समर र कविराज गहतराजको नृत्य, अष्ट महर्जनको द्वन्द्व, निरज कँडेलको छायांकन र दीर्घ खड्काको सम्पादन रहेको छ।

प्रोमोबाट प्रशंसा पाएको फिल्ममा सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया, रवीन्द्र झा र अनोज पाण्डे मुख्य भूमिकामा छन् भने दयाहाङ राई र वर्षा राउत विशेष भूमिकामा देखिनेछन्।

Skip This