फिल्म निर्माणका लागि सांगीतिक कार्यक्रम

0
Shares

 

हेटौंडा, (नेस)। उत्तरी मकवानपुरको दामनमा सांस्कृतिक कार्यक्रम गरिएको छ। उत्तरी क्षेत्रमा कलालाई उजागर गर्दै आएको थाहा कला केन्द्रको आयोजनामा बृहत् सांस्कृतिक कार्यक्रम भएको हो।

थाहानगर उपप्रमुख खड्ग गोपालीको प्रमुख आतिथ्यता तथा केन्द्रका अध्यक्ष सानोबाबु मुक्तानको सभाध्यक्षमा समाज रूपान्तरणका लागि फिल्म निर्माणको अभियानमा कार्यक्रम गरिएको हो। कार्यक्रममा भीमफेदी गाइज, रक गायिका सरस्वती लामा, राष्ट्रिय लोकगायक मुक्तिनाथ उप्रेती आकर्षण बनेका थिए। विभिन्न क्लब तथा स्थानीय कलाकारले पनि मनोरञ्जन प्रदान गरेका थिए। मकवानपुरको पर्यटकीय क्षेत्रलाई कलाको माध्यमबाट चिनाउने र समाज रूपान्तरणका लागि फिल्म निर्माण गर्ने उद्देश्यका साथ कला केन्द्र अगाडि बढिरहेको छ। थाहा नगरपालिकाको पर्यटकीय क्षेत्र दामन भ्यु टावरअगाडिको चौरमा कार्यक्रम गरिएको हो।

Skip This