२ सयको मृत्यु



 

टोकियो, (एजेन्सी)
उत्तर कोरियाको परमाणु परीक्षणस्थल स्थित एउटा शुरूङमा पछिल्लो परीक्षणपछि भएको दुर्घटनामा २ सयभन्दा बढीको मृत्यु भएको एक जापानी समाचारमा उल्लेख गरिएको छ। सेप्टेम्बर ३ मा उत्तर कोरियाले उसको छैठौं र सबैभन्दा ठूलो भूमिगत परमाणु हतियार परीक्षण गरको केही दिन नबित्दै पुङग्यरीस्थित एउटा शुरूङ भत्केको आवाज उत्तर कोरियाली स्रोतलाई उद्धृत गर्दै टिभी आसाहीले जनाएको छ। शुरूमा भत्किँदा करिब १ सय कामदार परेको र उनीहरूको उद्धार कार्य भइरहँदा अर्को शुरूङको भाग पनि भत्केको थियो। यस दुर्घटनामा कम्तिमा २ सय जनाको मृत्यु भएको उक्त जापानी टेलिभिजनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्