देउवाले कृष्ण सिटौला गुटलाई साईड लगाएपछि कांग्रसमा भुईंचालो



काठमाडौं । देउवाले कृष्ण सिटौला गुटलाई साईड लगाएपछि कांग्रसमा भुईंचालो आएको छ । देउवा पक्ष भनेर चिनिने सिटौला अहीले एता न उताका बन्न पुगेका छन । कृष्णप्रसाद सिटौलाको सहयोगमा १३ औं महाधिवेशनमा सभापति जितेका शेरबहादुर देउवाले अहिले उनलाई धोका दिएपछि सिटौला तनावमा छन ।
सिटौला समूहलाई साथमा लिएर पार्टीको रामचन्द्र पौडेल खेमालाई तह लगाउँदैआएका देउवाले प्रतिनिधिसभाको निर्वाचनमा उनीसँग परामर्श नै नगरी सिटौलाले निर्वाचन जित्दैआएको झापा ३ नम्बर क्षेत्र राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनलाई दिने सहमति गरेपछि कांग्रसभित्र नयाँ उत्पात मच्चीएको स्रोतले बताएको छ । सिटौलाले २०७० मा निर्वाचन जितेको क्षेत्र उनलाई सोध्दैनसोधी देउवाले राप्रपालाई दिएका कारण सिटौला रुष्ट भएको कांग्रेस स्रोतको दावि छ ।

सभापति देउवाले उनलाई समानुपातिकमा राखेपछि सिटौलाले प्रत्यक्षमा टिकट नपाए समानुपातिकमा पनि नबस्ने कुरा आफ्ना कार्यकर्ताहरुसँग भन्दैआएको एक कार्यकर्ताले बताएका छन । सभापति देउवाले प्रत्यक्षमा टिकट नदिए समानुपातिकमा पनि नबसी केन्द्रीय समिति सदस्यबाट समेत राजीनामा दिने तयारीमा रहेको स्रोत बताउछ ।
सभापति देउवाले सिटौला समूहमा रहेका केन्द्रीय सदस्य गगन थापालाई प्रवक्ता बनाउने आश्वासन दिएर आफ्नो गुटमा ल्याएका छन् । तर उनि प्रबक्ता बन्न अयोग्य भएकोले पनि देउवा तनावमा छन ।

प्रतिक्रिया दिनुहोस्