ब्राडको ध्यान एलातिर

0
Shares

 

हलिउड अभिनेता ब्राड पिटको नजर यतिखेर उनकी पूर्वपत्नी एन्जेलिना जोलीजस्तै देखिने अर्की नायिका एला पनलमाथि घुम्न थालेको छ। २१ वर्षीया पनलले २०१४ मा फिल्म मेलफिसेन्टमा एन्जेलिना जोलीको बाल्यकालको भूमिकामा अभिनय गरेकी थिइन् भने ब्राड पिटको फिल्म मिस पेरग्रिन्स होम फर पेक्युलिएर चिल्ड्रेन तथा चर्चिलमा उनको काम निकै मन पराइएको थियो। अब ब्राड आफ्नो प्रोडक्सन हाउसमार्फत फिल्म स्विटबिटरको निर्माण गर्दै छन्। जुन फिल्ममा एला पनललाई मुख्य भूमिका दिइएको छ। यो फिल्म न्युयोर्क सिटीको एक वेट्रेसको कहानीमा आधारित उपन्यासमा बन्दै छ।

एजेन्सीले जनाएअनुसार शुरुदेखि नै ब्राडको नजर एलामाथि थियो र उनलाई फिल्ममा लिने निर्णय पनि ब्राडकै थियो। ब्राडको सारा ध्यान आफूले पाउँदा एला पनि निकै खुसी भएको एजेन्सीले जनाएको छ। एलाले आफ्नो साथीलाई भनेकी छिन– ‘ब्राड जहिले पनि मेरो नम्बर वान सेलिब्रेटी हुन्।’

तर, यो कुराले एन्जेलिना भने खुसी नभएको समाचारमा जनाइएको छ। आफ्नो टिनएजको भूमिका निभाउने युवतीसँग ब्राडले काम गरिरहेकोमा उनी बेचैन छिन्। त्यसै पनि जोली ब्राड पिटको साथ कुनै पनि केटी देख्न चाहँदिनन्। सूत्रलाई उद्धृत गर्दै एजेन्सीले जनाएअनुसार एन्जेलिनालाई यो कुरा पनि मन परेको छैन कि पनल एन्जेलिना तथा ब्राडको बच्चा म्याडक्सभन्दा केवल ५ वर्षले मात्र जेठी छिन्।

Skip This