७२ रुपैयाँमै आलिसान घर किन्न पाइने !


काठमाडौं । पत्याउनु हुन्न ? पत्याउनुहोस् । त्यो पनि कुनै गरिब देशको अनकन्टार दुर्गम ठाउँमा होइन । इटालीका चारवटा इलाकामा त्यहाँको सरकारले केवल ७२ रुपैयाँमा घर किन्नका लागि अफर गरेको छ ।

जिन्दगीमा एउटा घर सबैको सपनाको विषय हो । कैयौं मानिस यसलाई पूरा गर्न सक्छन् त कसैले सक्दैनन् । तर इटाली सरकारको यो घोषणा विश्वभर चर्चित बनेको छ ।

समाचार अनुसार इटालीको गाँगी, केरेगा लिगर, पिडमान्ट तथा लेकेनी मार्सी जस्ता इलाकाहरुमा सरकारले ७२ रुपैयाँमा घर दिने घोषणा गरेको छ ।

तर अचम्मको कुरा त के छ भने यति सस्तोमा यति राम्रा घर पाउँदा पनि मानिसले किन्न चाहिरहेका छैनन् । किनभने मानिसको सोचाई के छ भने त्यो इलाकामा भूतको बास हुन्छ र त्यहाँ बसेदेखि अभागी भइन्छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।