नेपाल समाचारपत्र
काठमाडौं
नेरिक छैटौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सिनियर ब्वाइजतर्फ शुक्रबार च्याम्पियन बनेका छन्। टोलीले ज्ञान निकेतनलाई ६२–५७ ले पराजित गर्दै उपाधिमाथि ह्याट्रिक गर्यो। टोलीको जितमा अनमोल खत्रीले ३० अंक योगदान दिएका थिए। जुनियर ब्वाइज फाइनलमा भने सेबले डिफेन्डिङ च्याम्पियन नेरिकलाई ३०–२७ को साँघुरो अन्तरले हरायो। विजेता टोलीका बाबुराम पुनले १४ अंक जोडे।
सिनियर गल्र्सको उपाधि भिडन्तमा कान्तिपुर इंग्लिस एकेडेमीले जेनिथमाथि २३–१७ को जित रच्यो।स्टाफको थ्री बाइ थ्री फाइनलमा एक्सेल्सियरले सेबलाई २१–१६ ले पाखा लगायो। सिनियर ब्वाइजमा नेरिकका अनमोल खत्री, जुनियर ब्वाइजमा सेबका दिवस मगर, सिनियर गल्र्समा कान्तिपुरकी कञ्चन मगर र स्टाफमा एक्सेल्सियरका सैलेश श्रेष्ठले ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए।











प्रतिक्रिया