कलाकर्मी सम्मानित

0
Shares

कलाकार तथा सञ्चारकमीहरू सम्मानित भएका छन्। शनिबार राजधानीको होटल अन्नपूर्णमा नेसनल इस्टिच्युट फर एजुकेसन भारत र एसिएस मिडिया कर्पोरेसनको संयुक्त आयोजनामा भएको इन्डो नेपाल हार्मोनी अवार्ड–२०१७ मा अभिनेता सरोज खनाल, हास्य कलाकार किरण केसी, नायिका सारिका घिमिरे तथा सञ्चारकर्मी एवं कलाकार राजेन्द्र लुइँटेललाई नेपाल इन्डो अवार्डबाट सम्मानित गरिएको हो।

समारोहमा भारतका वरिष्ठ ब्युटिसियन भारती तनेजा, ज्योतिष जय मदानलगायतका नेपाल तथा भारतका विभिन्न पेसा तथा व्यवसायमा संलग्न व्यक्तित्वलाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो। यो वर्ष नेपालमा अवार्ड वितरण गरिएको छ भने अर्को वर्ष भारतमा गर्ने आयोजक संस्थाले जनाएको छ। कार्यक्रमका मुख्य आयोजक संस्थाका प्रमुख प्रो.डा. अभिराम कुल श्रेष्ठले यसप्रकारको कार्यक्रमले नेपाल र भारतको संस्कृतिलाई निकट बनाउनुका साथै दुवै देशका नागरिकबीच आत्मीयता र सद्भाव कायम राख्न मद्दत पुग्ने अपेक्षा विश्वास व्यक्त गरे।

Skip This