लन्डन, (एजेन्सी)
बेलायतको राजदबार बकिङ्घम प्यालेसले महारानी एलिजावेथका पति ड्युक फ एडिनबरा राजकुमार फिलिपले सार्वजनिक जीवनबाट अवकाश लिएको घोषणा गरेको छ। उक्त फैसला राजकुमार फिलिप आफैले लिएको र यसमा महारानीको समर्थन रहेको दरबारका प्रवक्ताले जानकारी दिएका छन्।
अर्को वर्ष ड्युक ९६ वर्षको हुनेछन्। ड्युक अफ एडिनबरा र ९१ वर्षीया उनकी पत्नी महारानी एलिजावेथसँगको विवाह यसै वर्षको नोभेम्बरमा ७० वर्ष पुग्नेछ र उनको जन्मदिन भने जुन १० मा हो।
उक्त घोषणापछि ड्युकले अब आगामी अगस्टसम्म पहिल्यै तय भएका कार्यक्रममा मात्र हिस्सा लिनेछ। तर नयाँ आमन्त्रणलाई स्वीकार गरिनेछैन। दरबारका तर्फबाट जारी गरेको बयानमा महारानी एलिजाबेथले भने आफ्नो आधिकारीक जिम्मेदारी निभाइरहने जनाइएको छ।
सन् १९५२ देखि अहिलेसम्म राजकुमार फिलिपले ५ हजार ४ सय ९३ सम्बोधन गरिसकेको र २२ हजार १ सय ९१ वटा कार्यक्रममा एक्लै सहभागी भएको र ६ सय ३७ पटक एक्लै विदेश यात्रा गरेको बकिङ्घम प्यालेसले जनाएको छ।
लर्ड चेम्बरलेन र महारानीका अत्यन्त वरिष्ठ सहयोगीले डाकेको एउटा कर्मचारी बैठकमा उक्त विज्ञप्ति सार्वजनिक गरिएको हो। यस प्रकारको कर्मचारी बैठक अत्यन्त दुर्लभ घटना मानिन्छ तर हुनु कुनै अप्रत्यासित घटना नभएको सोही स्रोतले जनाएको छ।
गत डिसेम्बरमा महारानी रुघाले ग्रस्त हुँदा कयौं हप्तासम्म पनि सार्वजनिक रुपमा देखिएका थिएन। यसले विश्वभरि नै महारानीको स्वास्थ्यलाई लिएर चिसो बढेको थियो।











प्रतिक्रिया