परीक्षापछि विद्यार्थी मृत फेला



लहान, १५ चैत । सप्तरी जिल्ला गाविस मलहनमा–१ बस्ने देवनारायण साहको छोरा वर्ष १६ को भर्खरै एसइइ परीक्षा दिएका श्रवणकुमार साहको शव लहान–३ मा नरसिंह होम नजिकको बगैँचामा सोमबार झुन्डिएको अवस्थामा फेला परेको छ ।

उनको शव उनी परीक्षा दिन बसेको डेरा नजिकै फेला परेको प्रहरीले बताएको छ ।

साहको शरीरमा कुटपिट भएको निसानी रहेको छ । शव परीक्षणको लागि रामकुमार उमाप्रसाद (राउ) अस्पताल, लहानमा राखिएको छ । विशेष अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्