नेपालद्वारा पाकिस्तान सामु १८१ रनको लक्ष पेश



चैत १४,

एसिसी इमर्जिङ टिम्स कप क्रिकेटमा अहिले नेपालले पाकिस्तानको २३ वर्षमुनिको टिमलाई १८० रनको लक्ष्य दिएको छ । बंगलादेशको कक्स बजारमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा १७९ रन बनाउन सफल भएको छ ।
सुरुवाती तीन ब्याट्सम्यान थोरै रनमा समेटिए पनि नेपालका लागि ओपनर सुनील धमला र अनुभवी ब्याट्सम्यान शरद भेषावकरको भने राम्रो प्रस्तुती रहेको थियो ।

यसक्रममा सुनिल धमलाले सर्वाधिक ४३ रन जोडे। यस्तै सरद भेषावकरले ३८, विनोद भण्डारीले २४, आरिफ शेखले १८ तथा दीपेन्द्रसिंह ऐरीले १४ रनको योगदान गरे। यसका अलावा सागर पुनले ४ रन जोड्दा कप्तान ज्ञानेन्द्र मल्ल ३ रन जोडेर आउट भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्