सुगर लेभल टेस्टका लागि सेन्सर



लन्डन, (एजेन्सी)
वैज्ञानिकहरुले पसिनाले भिजेको छालाको विश्लेषण गरी मानव रगतमा रहेको चिनीको स्तर परीक्षण गर्ने सेन्सर विकास गरेका छन्। तर यसका लागि जिम गर्दा टिसर्ट नै निथ्रुक्क भिज्ने गरी निस्केको पसिना आवशयक नभएको बरु एक थोपो पसिना भए पुग्ने बुझिएको छ।

यसबारेको अध्ययनमा संलग्न दक्षिण कोरियाका अनुसन्धानकर्ताहरुको टोलिले सो सेन्सरले ठ्याक्कै मिल्ने नतिजा देखाएको र यसले डायबिटिजका रोगीहरुलाई ठूलो मद्दत पुर्याउने बताएको छ।
यो सेन्सरलाई छुचुन्द्रोमाथि पनि प्रयोग गरिएको बताइएको छ। सोल नेसनल युनिभर्सिटीको यस वैज्ञानिक टोलिले यस सेन्सरका कारण अब रगतमा चिनीको मात्र थाहा पाउन बिरामीहरुलाई दुख्ने गरी सुई घोच्न नपर्न सक्ने बताएको छ। टाइप वन डायबिटिज शरीरको रगतको स्तर नियन्त्रण गर्ने शारीरिक परोग प्रतिरोधात्मक भागमा आक्रमण भएपछि हुने गर्दछ।

तर यस सेन्सरलाई सहज रूपमा प्रयोग गर्न वैज्ञानिकहरुसामू अन्य थुप्रै चुनौतिहरु बाँकी नै रहेको बताइएको छ। यो सेन्सर छालामा टाँस्ने प्याचको रूपमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्