अब मृगौला बेचबिखन गर्नेको नजर मकवानपुरमा



रोशन पराजुली, हेटौंडा
संगठित जालोका रूपमा देशभर फैलँदै गरेका मृगौला बेचबिखनकर्ताहरूको नजर मकवानपुरमा पनि पर्न थालेको देखिएको छ। यस्तो अवैध जालो फिँजिएको काभ्रेको नजिक र तुलनात्मक रूपमा ‘सुरक्षित’ मान्दै यहाँ पनि यस प्रकारको अवैध धन्दा अमm बढ्न सक्नेतर्फ सचेत गराइएको हो।

मानव बेचबिखनको नयाँ स्वरूप मृगौला बेचबिखन हाल आएर नेपालका केही जिल्लामा अत्यन्त विकराल रूपमा फैलिरहेको छ। मृगौला बेचबिखन शुरुआती अवस्थामा काभ्रेपलाञ्चोक जिल्लामा पाइए पनि पछिल्लो समय मकवानपुरमा देखिएका घटनाहरूले यस्तो तथ्य बाहिर आएको छ।

काभ्रेपलाञ्चोकको जस्तो अनुसन्धान नभए पनि विभिन्न अन्तत्र्रिmयाबाट मृगौला बेचबिखन मकवानपुरमा फैलँदो अपराधका रूपमा रहेको पाइएको छ। आपराधिक क्रियाकलापका रूपमा लिइने मृगौला बेचबिखन दिनानुदिन बढ्दै गएको स्थलगत अध्ययनहरूले देखाएको हो।

मृगौला बेचबिखनको अनुसन्धान र पीडितलाई न्याय दिलाउने कार्यमा सक्रिय जनअधिकार संरक्षण मञ्च (पीपीआर) नामक गैरसरकारी संस्थाको अध्ययनले मकवानपुरमा पछिल्लो समय मृगौला बेचबिखन बढ्दै गएको देखाएको छ।
पीपीआरले हेटौंडाका मंगलबार सञ्चारकर्मीसँग अन्तत्र्रिmया गर्दै काभे्रमा मृगौला बेचबिखन बढी भएको तथ्यांक प्रस्तुत गरेको थियो। अन्तत्र्रिmयामा सहजीकरण गर्दै अधिवक्ता मुकुन्द अधिकारीले काभ्रेका ३६ मृगौलापीडितले खुलेर आफ्नो ब्यथा सुनाएको बताए।

उनले संस्थाले गरेको सर्वेक्षणअनुसार अधिकांश युवा पुस्तामा यस्तो समस्या देखिएको छ। वर्षेनि लाखौंको संख्यामा विदेशिने युवा, ग्रामीण भेगका बासिन्दा र आर्थिक अवस्था कमजोर भएकाहरू जानी⁄नजानी मृगौलापीडित बनेका छन्।
‘नेपालमा मानव बेचबिखन एउटा गम्भीर तथा जताततै फैलिएको अपराध हो। जसमा पुरुष, महिला तथा बालबालिकाको आन्तरिक तथा बाह्यरूपमा बेचबिखन हुने गर्दछ,’ अधिवक्ता अधिकारीले मानव बेचबिखनको स्वरूपमा विविधता तथा जटिलता थपिँदै गएको बताए। वैदेशिक रोजगारीको आवरणमा हुने बेचबिखन तथा मानव अंग झिक्न गरिने बेचबिखन मानव बेचबिखनका नयाँ स्वरुपका रूपमा देखा परेका उनको भनाइ छ।

हाल मानव अंग प्रत्यारोपण विश्वव्यापी साझा चिकित्सा प्रक्रियाका रूपमा स्थापित भएको छ। र, यसले मानव अंगहरूको माग पनि बढाएको छ। प्रत्यारोपणयोग्य अंगहरूको माग तथा आपूर्तिबीचको फराकिलो अन्तरले गैरकानुनी तथा अनियमित तवरले मानव अंगको ‘व्यापार’ फस्टाउन सघाउ पुर्याएको अधिवक्ता सतीश शर्मा बताउँछन्।

विश्वव्यापी मानव अंग बेचबिखनको फस्टाउँदो घटनासँग मेल खाने गरी नेपालमा मृगौला बेचबिखनका घटनाको उजुरी उल्लेख्य बढिरहेका उनले बताए। ‘मृगौला बेचबिखनसँग सम्बन्धित प्रहरी प्रतिवेदन तथा अदालतमा दायर मुद्दालगायत आमसञ्चार माध्यमहरूबाट आएका समाचार आदिले संगठित र व्यापारिक रूपमा मानव अंगको व्यापार बढदो रूपमा रहेको दर्शाउँदछ,’ शर्माले भने।

हाल प्रचलित मानव बेचबिखन तथा ओसारपसार ऐन, २०६४ ले प्रचलित कानुनबमोजिम बाहेक मानव अंग झिक्ने कार्यलाई मानव बेचबिखन अपराधका रुपमा मान्यता दिएको भए पनि यस अपराधविरुद्ध थोरै मात्र चासो दिएको उनको बुमmाइ छ। प्रचलित कानुनबमोजिम बाहेक यस्तो कसुर गरे १० वर्ष कैद र २ लाखदेखि ५ लाखसम्म जरिवाना सजाय हुने व्यवस्था छ।

नेपालमा हुने मृगौला बेचबिखनमा आधारित भएर सीएनएनले एउटा महत्वपूर्ण सामग्री तयार पारेको छ। ‘नेपाल अर्गान ट्रायल’ नाम दिइएको आधा घण्टा लामो वृत्तचित्रले नेपालमा भइरहेको मानव अंग व्यापारको दर्दनाक अवस्था उजागर गरेको छ।

प्रतिक्रिया दिनुहोस्