भारतीय पर्यटक प्रवद्र्धन गर्न पहलकदमीको खाँचो



धन बस्नेत, पोखरा  ।

गर्मी सिजन शुरु हुन थालेको छ । भारतीय शहर गर्मीले अत्याउँदा भ्रमणको उपयुक्त थलो पोखरा बन्दै आएको छ । यद्यपी ठोस पहलकदमी नहुँदा भारतीय पर्यटक पोखरासम्म आउन अझै नसकिरहेको स्वयं पर्यटन व्यवसायी तथा भारतीयहरुले समेत औंल्याएका छन् ।

सीमा जोडिएका शहरमा गरिने प्रचारले केही राहत भने पक्कै दिएको छ । चलीय पोखरा अभियानले पोखरामा भारतीय पर्यटक आगमनमा सुधारोन्मुख हुदैं गएपनि अझै प्रभावकारी कदम चाल्न सकिएको अवस्था देखिदैन् । भारतीय पर्यटक भित्रयाउनका लागी नेपाल सरकार र पोखराका पर्यटन ब्यवसायीले पहलकदमी थाल्नुपर्नेमा भारतीय पर्यटन ब्यवसायीहरुले जोड दिएका छन । उनीहरुले पोखरा नेपालको उत्कृष्ट गन्तब्य भएकाले भारतको पर्यटकलाई पोखरा भित्रयाउन सकेको खण्डमा पोखराको पर्यटन राम्रो हुने सुझाव दिएका छन ।

भारतको इस्टर्न हिमालय ट्राभल टुर अपरेटर एशोसिएसनका अध्यक्ष सम्राट सान्यालले पोखरा नेपालको उत्कृष्ट गन्तब्य भएकाले भारतीय पर्यटक भित्रयाउनका लागी नेपाल सरकार र पोखराका पर्यटन ब्यवसायी नै सक्रिय बन्नुपर्नेमा जोड दिए । नेपालको पूर्वी सिमानासंग जोडिएको भारतीय क्षेत्र सिलगुडीबाट पोखरा सिधा बस सेवा सञ्चालन गर्न सकेको खण्डमा भारतको पूर्वी भेगमा रहेका पर्यटकहरु सिधै पोखरा घुम्न आउन सक्ने भन्दै सम्राटले नेपाल सरकारले यसवारेमा सोच्नुपर्नेमा ध्यान केन्द्रीत गरे ।

‘पोखरा आफैमा प्राकृतिक हिसावले रमणीय छ । मनोरम हिमश्रृङखला ताल तलैया र वरपरका गाउहरुले पर्यटकको बसाइ लम्ब्याउन सहयोग पुग्छ ।’ उनले भने—‘विभिन्न गाउहरुमा होमस्टे सञ्चालनले पनि अझ प्रभावकारी भूमिका खेलेको छ, खेल्ने छ ।’ उनले नेपालमा आन्तरिक पर्यटकको समेत सम्भावना रहेको बताउदै त्यसको वारेमा पनि नेपाल सरकारले आफ्नो मुलुक भित्र भ्रमण गर्ने वातावरण सिर्जना गरेको खण्डमा नेपालीले आफ्नै देशको भ्रमण गर्न उत्सुक हुने वताए ।

नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख उदय भट्टराइले पोखरा प्रचुर सम्भावना बोकेका शहर भएको वताउदै भारतीय पर्यटकको संख्यामा बृद्धि गराउनका लागि समेत आफुहरु जुटिरहेको बताए । पोखरामा अधिकांश भारतीय पर्यटकहरु आउने गरेको भएतापनि अझै पनि नेपाल सरकारले सिधै भारतको विभिन्न ठाउबाट पोखरासम्म सिधै बस सेवा सञ्चालन गर्न सकेको खण्डमा पर्यटकको संख्यामा बृद्धि हुने उनको भनाइ रहेको थियो ।

पोखरा पर्यटन परिषदाका अध्यक्ष सोम थापा, टे«किङ एजेण्ट्स एशोसियसन अफ पोखरा टान पश्चिमाञ्चल क्षेत्रीय च्याप्टरका अध्यक्ष दिपकराज अधिकारी, पश्चिमाञ्चल होटल संघका अध्यक्ष बिकल तुलाचन लगायतले पोखरामा भारतीय पर्यटक भित्रयाउन आफुहरुले इस्टर्न हिमालय ट्राभल दुर अपरेटर एशोसियसनसंग सहकार्य गरेर अगाडि बढ्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्