क्षितिजको जीएमसँग बराबरी



राजधानीमा जारी एसियन जोनल ३.२ चेस प्रतियोगिताको तेस्रो दिनमा प्रतिस्पर्धा गर्दै नेपाली खेलाडी क्षितिज भण्डारी । तस्वीरः उजोल डंगोल⁄नेस

नेपाल समाचारपत्र
काठमाडौं
जधानीमा जारी एसियन जोनल ३.२ चेस प्रतियोगितामा नेपालका सीएम क्षितिज भण्डारीले आफ्नो अपराजेय यात्रालाई कायमै राखेका छन्।

तेस्रो दिन मंगलबार २०३६ रेटेड भण्डारीले बंगलादेसका ग्रान्डमास्टर (जीएम) नियाज मुर्सदलाई बराबरीमा रोकेका हुन्। त्यस्तै अन्य नेपाली खेलाडीमा पूर्वनेपाल च्याम्पियन केशव श्रेष्ठ, सुमित पन्त, फिडे मास्टर मनीष हमालले पनि अपराजेय यात्राको क्रमलाई जारी राखेका छन्।

केशब र सुमित विचको खेलमा बराबरीमा समाप्त भयो भने २०५२ रेटेड मनीष र बंगलादेशका २३४१ रेटेड रहमान मोहम्मद तैबुरबीचको खेल पनि बराबरीमै सकिएको थियो। नेपाल च्याम्पियन मदनकृष्ण कायस्थले पूर्वनेपाल च्याम्पियन नबीन तण्डुकारलाई हराउँदै दुई अंक पुर्याएका छन्।

प्रतियोगिताको तेस्रो चरणको समाप्तीसम्ममा बंगलादेशी ग्रान्डमास्टर जिआउर रहमानर अब्दुल्लाह अलल रकिब र फिडे मास्टर हसन मेहन्दीको अग्रता बनेको छ। जसमा दुबैले समान साढे दुई अंक जोडेर संयुक्त रूपमा अग्रस्थानमा रहेका हुन्। २५२० रेटेड जिआउल हक र २४९२ रेटेड रकिब विचको खेल बराबरीमा टुंगिएको थियो। दोस्रो चरणको समाप्तीसम्ममा राम्रो प्रदर्शन गरिरहेका १८०१ माथि २२६३ रेटेड मेहन्दीले जित हात पारे।

महिलातर्फ डब्लुआइएम हमिद रानी लागातार तेस्रो जित हात पार्दै शिर्षस्थानमा रहेकी छिन्। उनले तेस्रो चरणमा अर्की डब्लुआइएम समिमा अख्तरलाई पराजित गरिन्। अख्तरको दुई अंक छ भने सुल्ताना सरमिन सिरिनले पनि दुई अंक जोडेकी छिन्। नेपालकी सविना श्रेष्ठलाई उनले हराएर अंक जोडेकी थिइन्। त्यस्तै श्रीलंकाकी साउमी जैनेबले मतीना कुसीलाई हराउँदै दुई अंक जोडिन्। अर्का नेपाली खेलाडीमा शान्ता थापाले मोहमुदा हक चौधरी तथा सिन्दिरा जोशीले पुनम प्रसाईलाई हराए।

प्रतिक्रिया दिनुहोस्