बन्द कोठाबाट निस्किएपछि



छिमेकीबाट पीडित एक परिवार न्यायका लागि प्रहरीकहाँ पुगेछन्। प्रहरीले पीडितको कुरो सुन्ने नै भयो। शुरूमा प्रहरीले पीडितको कुरो सुनेजस्तो पनि गर्यो।

पीडित न्याय पाउने भइयो भन्दै घरतिर हिँडे। पीडिकलाई प्रहरीले प्रहरी स्टेसन बोलायो र भन्यो– ‘छिमेकीलाई त्यसरी पीडा दिन पाइन्छ?’ पीडकले मैले त्यसो गरेकै छैन सर भन्दै बन्द कोठामा प्रहरीका हाकिमलाई मन्त्रणा गरेपछि प्रहरीका हाकिम कड्किँदै बाहिर आए र भने– ‘त्यो फलानालाई बोलाऊ।’ प्रहरी जवानले पनि पीडितलाई फोन गरेर बोलायो– ‘हाकिम साबले बोलाउनुभएको छ तुरुन्त आउनू।’ पीडित पनि हतारिँदै आए र भने– ‘हामी आयौं सर तपाईंहरू मिल्नूस् होइन भने म तपाईंहरूलाई पनि अहिले नै थुनिदिन्छु।’ विचरा पीडित एकछिन छक्क परे र भने– ‘होइन के भनेको सर हामी त यहाँ न्याय माग्न आएको हामीलाई थुन्ने कुरा गर्नुहुन्छ।’

ती प्रहरीका हाकिमले भने– होइन कुरा के भन्ने मैले थाहा पाइसकें मिल्ने भए मिल्नूस् होइन भने प्रहरीको नियम थाहा छ नि? भन्दै ती हाकिमले थर्काएको धरहराबाट देखेपछि धरहरालाई लाग्यो अझै पनि प्रहरीमा लोकतन्त्र आएको रहेनछ।
हैन बन्द कोठामा छिर्नासाथ ती हाकिमलाई के भए छ कुन्नि धरहरा अहिले यसको अनुसन्धानमा छ। हेरौं यसको रिजल्ट कस्तो आउँछ अनि फेरि पाठकवृन्दलाई जानकारी गराउँला है।

प्रतिक्रिया दिनुहोस्