आगलागीबाट रु डेढ लाखको क्षति, बालक घाइते



लहान, ३ चैत । सिरहाको मिर्चैया नगरपालिका–१० मा आज बिहान आगलागी हुँदा करिब रु डेढ लाख मूल्य बराबरको क्षति भएको छ भने एक बालक घाइते भएका छन् ।

मिर्चैया नगरपालिका–१० निवासी भुटाई सदाको घरमा अचानक आगलागी हुँदा सदाको फुसले छाएको घर, घरभित्र रहेका सम्पूर्ण सरसामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगोले पोलेर सदाका ८ वर्षीय नाति निरजकुमार सदा घाइते भएको र उनको मिर्चैयास्थित मुकेश मेडिकेयर सेन्टरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । प्रहरी र स्थानीयवासीको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्