खेलाडी संघमा पूर्णता



काठमाडौं, (नेस)

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आफ्नो नयाँ कार्य समितिलाई पूर्णता प्रदान गरेको छ। अध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको संघको बैठकले २७ सदस्यीय कार्य समितिमा २ उपाध्यक्ष र ५ सदस्यलाई मनोनित गर्दै समितिलाई पूर्णता प्रदान गरेको हो।

संघको मनोनित उपाध्यक्ष द्वयमा ज्ञानेन्द्र मल्ल (क्रिकेट) र आयषा शाक्य (तेक्वान्दो) रहेका छन्। यस्तै सदस्यहरूमा शिवराम श्रेष्ठ (गल्फ), अनु अधिकारी (कराते), रमेश मगर (जुडो), पुरुषोत्तम वज्राचार्य (टेबलटेनिस) र मुकुन्द्र महर्जन (कराते) रहेका छन्।

यस्तै संघको सोही बैठकले कानुनी सल्लाहकार र प्रेश सल्लाहकारमा भोजानन्द राई र अजय फुँयाललाई निरन्तरता दिएको छ। यसअघि फागुन २० गते भएको संघको चौथौं साधारण सभाले दीपक श्रेष्ठको नेतृत्वमा पाँच उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव, एक सचिव, एक कोषाध्यक्ष र दश सदस्य गरी २० सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्