होलीमा टेलिकमको अफर



काठमाडौं, (नेस)
नेपाल टेलिकमले होली पर्वको अवसरमा उपभोक्तालाई थप सेवा दिने उद्देश्यले अफर ल्याएको छ। यसरी उपलब्ध गराइएको सहुलियत अफर अन्तर्गत रिचार्ज कार्डमा डेटा बोनस, यूटयुब् डेटा प्याक र एसएमएस प्याक रहेका छन्।
योजनाअन्तर्गत प्रयोगकर्ताले दुई सयभन्दा बढीको रिचार्ज कार्डमा यत्तिनै एमबी बराबरको बोनस डेटा पाउनेछन्। यसरी पाउने डेटा बोनस दुई दिनसम्म बोनस अवधि रहने छ। प्राप्त डेटा राती १० बजेदेखि बिहान ६ बजेसम्म उपभोग गर्न पाइनेछ। यो अफरको अवधि २०७३ फागुन २९ गतेदेखि २०७३ चैत ३ गतेसम्म हुनेछ।

त्यसैगरी यूट्युब् डेटा प्याक अन्तर्गत १ जिबी यूट्युब् डेटा प्याक सय रुपियाँमा २ दिनसम्म र ५ सय एमबी यूट्युब् डेटा प्याक ६० रुपियाँमा एक दिनसम्म उपभोग गर्न पाइने छ। यो अफरको अवधि २०७३ फागुन २९ गतेदेखि २०७३ चैत्र १३ गतेसम्म उपलब्ध हुनेछ।

त्यस्तै एसएमएस प्याकअन्तर्गत सय वटा एसएमएस १० रुपियाँमा ३ दिनसम्म उपभोग गर्न पाइने छ। यो अफरको अवधि २०७३ फागुन २९ गतेदेखि २०७३ चैत १ गतेसम्म उपलब्ध हुने नेपाल टेलकिमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्