नारी दिवसमा टेलिकमको अफर



काठमाडौं, (नेस)
नेपाल टेलिकमले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा ग्राहकसमक्ष विभिन्न अपर दिएको छ। यसरी उपलब्ध गराइएको अफर अन्तर्गत फेसबुक प्याकेज, डे एन्ड नाइट डाटा प्याकेज र नाइट डाटा प्याकेज रहेका छन्।

फेसबुक प्याकेज अन्तर्गत २२ रुपियाँ ६० पैसामा पाँच दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी सय एमबी डाटा उपलब्ध गराएको छ।

त्यसैगरी डे एन्ड नाइट डाटा प्याकेजअन्तर्गत सय रुपियाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म ५ सय एमबी र बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म सय एमबी डाटा सात दिनसम्म उपभोग गर्न पाइने छ।

नाइट डाटा प्याकेजअन्तर्गत ४५ रुपियाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म ५ सय एमबी सात दिनसम्म र ९० रुपियाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म १२ सय एमबी डाटा १५ दिनसम्म उपभोग गर्न पाइने छ।
टेलिकमले प्रमोसनल अफरअन्तर्गत उपलब्ध गराइएको यो सहुलियत अफर २०७३ फागुन २५ गतेदेखि तीन महिनासम्म कायम रहनेछ।

प्रतिक्रिया दिनुहोस्