उद्यमशील बन्न महिला उत्साही



नेपाल समाचारपत्र
काभ्रे
उग्रतार जनागाल गाविसका महिलाले उद्यमशीलता तालिम पाएसँगै उद्यमशील बन्नको लागि उत्साहि भएका छन् । तालिमले सफल उद्यमी बन्न अभिप्रेरित गरेको भन्दै उनीहरूले तालिममा पाएको सीप र शिक्षालाई व्यवहारमा उतार्ने जनाएका छन् ।

दिगो उद्यम तथा सामाजिक केन्द्रको आयोजनामा सञ्चालन भएको वडा नम्बर ३ र ८ का महिलाका लागि गरिबी विवारणका लागि लघु उद्यम विकास कार्यक्रममार्फत् सात दिने उद्यमशिलता तालिम र एकदिने लैंगिक तथा सामाजिक समावेशीकरण तालिमले यहाँका महिला व्यवसायतर्फ उन्मुख हुन अभिप्रेरित भएका हुन् । महिलालाई उद्यमशिलता तालिम दिन घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला विकास समिति र लघु उद्यम विकास कार्यक्रमले त्रिपक्षीय सहयोग गरेका थिए ।

तालिममा यहाँका महिलालाई व्यवसायको अवधारणा, अवसरको पहिचान, प्रतिस्पर्धी बजारीकरण तथा व्यवसाय छनोट गर्ने तरिका सिकाइएको प्रशिक्षक गीता पुर्काेटीले बताउनुभयो । तालिममा उत्पादकत्व अभिवृद्धि गर्ने तरिका, लागत तथा बिक्री मूल्य र व्याविसायकरण सम्बन्धी पनि ज्ञान दिइएको उद्यम विकास सहजकर्ता रमा कार्कीले बताउनुभयो ।

यस गाविसमा दिगो उद्यम तथा सामाजिक विकास केन्द्रले प्रथम चरणको कार्यक्रमअन्तर्गत गाविसस्तरीय अभिमुखीकरण, पिआरए अन्र्तगत सामाजिक नक्सांकन र स्रोत सर्वेक्षण गर्ने गरेको छ । दोस्रो चरणको कार्यक्रमअन्तर्गत उद्यमशिलता विकास गराउने उदेश्यले व्यवसाय सचेतना तथा व्यवसाय शुरुआत तालिम दिइने केन्द्रकी उद्यम विकास सहजकर्ता संगिता महतराजले बताउनुभयो ।
‘तालिमले महिलालाई सफल उद्यमी बन्न अभिप्रेरित गरेको छ’ तालिममा सहभागी ज्ञानु केसिले भन्नुभयो– हामिहरु सिप सिकेर उद्यमशिल बन्नको लागि अभिप्रेरित भएका छौं । गाउँघरमा आर्थिक विकास गर्न उद्यमशिलता तालिम लिउँ र उद्यमी बनांै भन्दै सहभागीले नारीलाई अपहेलना नगरी व्यावसायिक बनाएर देश विकासमा योगदान दिन सबैले सहयोग पुर्याउनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्