भाग्यमानी बन्दै मनाङ मस्र्याङदी सेमिफाइनलमा



मोहमोदेन स्पोर्टिङ क्लबले जितको नतिजा निकाल्दा मनाङ–मस्र्याङ्दी क्लबको दोस्रो शेख कमल अन्तर्राष्ट्रिय क्लब कपअन्तर्गत सेमिफाइनल स्थान पक्का भएको छ ।

समूह ‘बी’ अन्र्तगत शुक्रबार समूह चरणको अन्तिम खेलमा मनाङले चितगोंग अवहनी लिमिटेडसँग २–२ बराबरी खेलेको थियो । जुन नतिजा मनाङको लागि सेमिफाइनल पुग्न पर्याप्त थिएन । नेपाली टोलीले अर्को खेलको नतिजा कुर्नु पर्ने अवस्था सिर्जना भयो ।

अर्को खेलमा बंगलादेशको मोहमोदेनले अफगानिस्तानको शाहिन आस्मयीलाई २–० ले पराजित गरेपछि मनाङले अन्तिम चारमा स्थान पक्का ग¥यो । मनाङसँगै समान चार अंक भएपनि ‘हेड टु हेड’ मा मोहमोदेन सेमिफाइनल पुग्न सकेन । मनाङ समूह ‘बी’ बाट उपविजेता तथा मनाङसँग बराबरी खेलेको चितगोङ समूह विजेता बन्दै अन्तिम चारमा पुगे ।

यसअघि मनाङ दुई गोलको अग्रता लिएर पनिसमूह चरणको अन्तिम खेलमा आयोजक चितगोङ अवहनी लिमिटेडसँग बराबरीमा रोकियो । चितगोङस्थित मोहम्मद अजिज रंगशालामा खेलको तेस्रो मिनेटमा नै मनाङका ओलावाले ओलाडिपो अफिजले गोल गर्दै मनाङलाई शुरुवाती अग्रता दिलाए ।

२३ औं मिनेटमा ओलावालेले व्यक्तिगत दोस्रो गोल गर्दै मनाङको अग्रता २–० मा पु¥यायो । तर ३२ औं मिनेटमा गोलरक्षक दिनेश थापामगरको गल्तीको फाइदा उठाउदै चितगोङका नसिर उद्दिन चौधरीले गोल गरेपछि पहिलो हाफ २–१ मा सकिएको थियो । ६२ औं मिनेटमा अगस्टिन वाल्सनले पेनाल्टी गोल गरेपछि खेल २–२ को अवस्थामा पुग्यो । मनाङले फाइनल प्रवेशका लागि सोमबार नेपाली गोलरक्षक किरण चेम्जोङ सम्मिलित टोलीसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्