टेलिकमको ‘फेस्टिवल अफर’



काठमाडौं, (नेस)
शिवरात्री पर्वको अवसरमा नेपाल टेलिकमले ‘फेस्टिवल अफर’ ल्याएको छ। उक्त अफरमा ‘डाटा बन्डल प्याकेज’ र ‘फेसवुक’ प्याकेज गरी २ वटा प्याकेज छन्। ‘डाटा बन्डल प्याकेज’ अन्तर्गत ७५ रुपियाँमा १ सय एमबी डाटा र बोनसको रुपमा १ सय एमबी नै युटूव डाटा प्याक रहेका छन्। प्राप्त डाटालाई ग्राहकले १५ दिनसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ।

उक्त सेवा प्राप्त गर्न सय एमबी डाटा प्याकेजका लागि यु सय र २ सय एमबी डाटाका लागी यु दुई टाइप गरी १४१५ मा एसएमएस गर्नुपर्ने छ । यस्तै फेसबुक प्याकेजअन्तर्गत २२ रुपियाँ ६० पैसामा ५ दिनका लागि १ सय एमबी फेसबुक प्याकेज पनि टेलिकमले उपलब्ध गराएको छ। फेसबुक टाइप गरी १४१५ मा एसएमएस गरेर यो सेवा प्राप्त गर्न सकिने छ। फेस्टिभल अफर फागुन १३ गतेदेखि २७ गतेसम्म लागू हुने छ। साथै उल्लेखित शुल्क करसहित रहेको टेलिकमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्