ब्लुस्काई ओभरसिजका सञ्चालक पक्राउ



काठमाडौं, (नेस)
ब्लुस्काई ओभरसिजका सञ्चालक प्रेम कटुवालसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। फेसबुकको नक्कली आईडीमार्फत् युवतीहरूलाई साथी बनाउने र साथी बनेपछि ‘इमोसनल ब्ल्याकमेलिङ’ गर्ने गिरोहको कटुवाल सदस्य
रहेको भन्दै प्रहरीले प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार कटवालले फेसबुक आईडीबाट आफ्नो खातामा रकम गर्न लगाएको र यसरी ५० जनाभन्दा बढी महिलालाई ठगी गरेको आरोप कटुवालमाथि छ। विभिन्न व्यक्तिबाट ठगि गरिएको रकम कटुवालको माछापुच्छ«े बैंकको खातामा २४ लाख रुपियाँ रहको प्रहरीले जनाएको छ। कटवाल वैदेशिक रोजगारी व्यवसायी संघका पूर्वअध्यक्षसमेत हुन्।

प्रतिक्रिया दिनुहोस्