दोलखामा महेन्द्राको स्वरुम



दोलखा,११,फागुन
दोलखा सदरमुकाम चरिकोटमा महेन्द्र कम्पनिको स्वरुम सञ्चालन भएको छ । कार्की मल्टि ट्रेर्डस कन्र्सनले महेन्द्रा कम्पनिको डिलर लिई महेन्द्रा गाडिको स्वरुम सञ्चालन गरेको प्रोपाईटर यादव कार्कीले बताए ।

ग्रामीण सडकमा निक्कै लोकप्रिय बनेको महेन्द्रा गाडि दोलखा जिल्लामा पनि लोकप्रिय बनेको छ । सदरमुकाम चरिकोटमा महेन्द्रा गाडिको स्वरुम सञ्चालन भएपछि बिभिन्न मोडलका गाडिहरु उपभोक्ताले चाहेकै समयमा सहजै उपलब्ध गराउन सकिने कार्की मल्टि ट्रेर्डस कन्र्सनका प्रोपाईटर यादव कार्कीको भनाई छ ।

महेन्द्रा कम्पनिले अहिलेसम्म देशको १९ ठाँउमा स्वरुम खोलेको र ३२ ठाँउमा वर्कशप सञ्चालन गरेको महेन्द्रा कम्पनिका अमित चौधरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्