धमाधम मर्न थाले खसीबाख्रा



हेटौंडा,(नेस)

उत्तरी मकवानपुरको सीमभञ्ज्याङमा अज्ञात रोगबाट खसीबाख्रा मर्न थालेपछि किसान चिन्तित बनेका छन् । बाख्राको जिब्रो सुन्निने, फि“ज काढ्ने, लंगडो हुने, घा“सपानी नखाने जस्ता समस्याबाट हालसम्म ३० वटाभन्दा बढी खसीबाख्रा मरिसकेका छन् ।

१५ परिवारका करिब २ सय खसीबाख्रा रहेको सीमभञ्ज्याङ क्षेत्रमा करिब सय वटाभन्दा बढी बाख्रामा रोग देखिएको स्थानीय किसान रामकुमार गोलेले जानकारी दिए । ‘मेरो २० वटा खसीबाख्रा थिए, १० दिनबीचमा ६ वटा मरिसके, अरु सबै बाख्रालाई रोगले समातिसकेको छ,’ गालेले चिन्तित हु“दै भने– के रोगले यस्तो भयो, जान्नै सकिएन ।

बाख्रा मर्न थालेपछि पशुसेवा कार्यालय मकवानपुरस“ग उपचार सहयोग मागिए पनि हालसम्म कोही पनि भेटेरीनरी डाक्टर त्यहा“ नपुगेको गोलेले दुखेसो गरे । पालुङ सेवा केन्द्रलाई जानकारी गराउ“दा बाख्रामा गम्भीर रोग लागेकाले बचाउन नसकिने जवाफ आएको उनले बताए ।

अर्का किसान जितबहादुर थोकरका अनुसार बाख्रा तुहिने समस्यासमेत देखा परेको छ । बाख्रा बिरामी भएको करिब १ घण्टादेखि ४÷५ दिनसम्ममा मर्ने गरेको थोकरले बताए । ‘गाउ“का सबै बाख्रा सखाप हुने गरी रोग फैलि“दा पनि सरकारी निकायले वास्ता गरेन,’ उनने भने–कम्तीमा रोग पत्ता लगाएर उपचार गराउन पाए हुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्