पत्रकार बुढाथोकीको पुस्तक सार्वजनिक



काठमाडौं, (नेस)
आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीद्वारा लिखित समकालीन नेपाली अर्थतन्त्र आइतबार सार्वजनिक गरियो । सांग्रिला बुक्सद्वारा प्रकाशनमा ल्याइएको पुस्तकको मूल्य ३५० रुपियाँ रहेको छ । यो पत्रकार बुढाथोकीको दोस्रो पुस्तक हो । पुस्तकमा नेपालको अर्थतन्त्रका विभिन्न आयाम समेटिएको छ ।

पुस्तक सार्वजनिकरण कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री डा. रामशरण महतले १० वर्षे द्वन्द्वका बाबजुद नेपालले विगतका दशकमा हासिल गरिएको उपलब्धिलाई कम आँकलन गर्न नमिल्ने बताउनुभयो । त्यस्तै अर्का पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीले आर्थिक उदारीकरण भन्दैमा राज्यको लोककल्याणकारी भूमिका समाप्त नहुने टिप्पणी गर्नुभयो भने अर्थशास्त्री प्राध्यापक विश्वम्भर प्याकुरेलले संघीयताको आर्थिक व्यवस्थापन नेपालका लागि नयाँँ समस्या हुने धारणा राख्नुभयो । अर्थशास्त्री डा. चन्द्रमणि अधिकारीले पछिल्लो कालखण्डको नेपाली अर्थतन्त्र अध्ययनका लागि पुस्तक सहयोगी हुने चर्चा बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्