सिजीका एयर कुलर र फ्यान बजारमा



काठमाडौ, नेस
सिजी ब्रान्डले आउँदो गर्मी मौसमलाई मध्येनजरमा राख्दै एयर कुलर तथा फ्यान नेपाली बजारमा ल्याएको छ । घरायसी तथा कार्यालय प्रयोजनका लागि सिजी ब्रान्डका आकर्षक मोडल र उच्च विशेषता रहेको एयर कुलर तथा फ्यान बजारमा ल्याएको कम्पनीले जनाएको छ ।

आइस च्याम्बर, शक्तिशाली मोटर तथा फ्यान मुख्य विशेषता भएका एयर कुलर तथा विभिन्न साइजका सिलिङ्ग फ्यान, स्ट्यान्ड फ्यान तथा वाल फ्यान बजारमा ल्याएको सिजीले जनाएको छ । १२ वटा मोडलका फ्यान र चार वटा मोडलका एयर कुलर बजारमा आएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्