नेपाल बङ्गलादेश बैंकको नयाँ लोगो सार्वजनिक



नेपाल बङ्गलादेश बैंकले काठमाडौंमा एक कार्यक्रम आयोजना गरि नयाँ लोगो सार्वजनिक गरेको छ। नयाँ लागो सार्वजनिक गर्दै बैंक संचालक समितिका अध्यक्ष जलाल अहमदले नयाँ लागो सँगै बैंक नयाँ चरणमा प्रवेश गरेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै बैंकका सिईयो ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले बैंकको विगत वर्षहरु देखि प्रचलनमा रहेको आफ्नो लोगोलाई थप केही परिमार्जन गरिएको बताउनु भयो । लोगोले बैंकको २३ वर्षे इतिहासमा आजको अवस्था, सोच र दिशा जनाउने विश्वाश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्