पुटिनद्वारा अमेरिकी गुप्तचर निकायसँगको सहकार्यमा जोड



मस्को, (एजेन्सी)
रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले रसियाली गुप्तचर निकायलाई अमेरिकी समकक्षी निकायसँग सहकार्य गर्दै आतंकवादविरुद्धको अभियानलाई मजबुत पार्नुपर्ने आवश्यकता रहेको बिहीबार बताएका छन्।

अमेरिकाको विशेष सेवा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सदस्य राष्ट्रसँगको कुराकानीलाई पुनःस्थापित गर्नु हामीहरुको पारस्परिक चासोको विषय भएको छ। रसियाली राष्ट्रपति पुटिनले रसियाली संघीय सुरक्षा ब्युरो (एफएसबी) सँगको कुराकानीका क्रममा बताएका छन्।

‘अमेरिकासँगको सम्बन्धमा आएको गतिरोध वा सम्बन्ध विकासमा समस्या आउनुमा रसियाको गल्ती नभएको बताउँदै आतंकवाद विरोधी कार्यमा सम्पूर्ण जिम्मेवार राष्ट्रबीच सहकार्य हुनु अत्यावश्यक भएको छ।’ –पुटिनले एफएएबीसँगको कुराकानीमा बताएका छन्।

अमेरिकी सरकारको नेतृत्वमा राष्ट्रपति डोनाल्ड ट्रम्प आएपछि रसिया र अमेरिकाको सम्बन्धमा सुधारको संकेत देखिएको बेला पुटिनको यो भनाइ सार्वजनिक भएको हो।

राष्ट्रपति पुटिनले आतंकवादी सञ्जाल र स्रोतहरुका बारेमा आदानप्रदान हुने सामान्य सूचना आतंकवादविरुद्धको अभियानमा एउटा कोसेढुंगा हुनसक्ने पनि बताएका छन्। तर अमेरिकी राष्ट्रपति ट्रम्पको रसियासँगको सम्बन्ध र रसियाले अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको भन्ने विषय अमेरिकी राजनीतिक जगत्मा ठूलो चर्चाको विषय बन्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्