ईयू छोड्नुपर्ने सुझाव अस्वीकार्य



एन्डा केन्नीले युरोपेली संघ (ईयू) छोड्नुपर्छ भन्ने कुनै पनि सुझावलाई स्वीकार गर्न नसकिने पनि बताए।

युरोपेली संघ छोड्नुपर्छ भन्ने कुनै पनि सुझावलाई पूर्णरूपमा अस्वीकार गर्ने डब्लिनमा भइरहेको उक्त सम्मेलनलाई गरेका सम्बोधनमा केन्नीले बताए। आयरल्यान्ड समृद्धि तथा आधुनिक समाजको आधारशिला निर्माणमा सहभागी बन्ने उद्देश्यले ईयूको सदस्य भएको स्मरण गर्दै त्यसलाई कहिल्यै नबिर्सने र परिवर्तन नगर्ने स्पष्ट पारे।

युरोपेली संघको सदस्यता आयरल्यान्डको समस्या समाधान गर्न सहयोगी हुनुका साथै अन्तर्राष्ट्रिय शान्ति स्थापना, सुरक्षा व्यवस्थापन, आतंकवाद, आप्रवासी, जलवायु प्रदूषणलगायतका विषयमा संयुक्तरूपमा काम गर्न सफल भएको कुरामा जोड दिए।

प्रतिक्रिया दिनुहोस्